नेपाल टेलिकमको अनलिमिटेड भ्वाइस प्याक अफर

सोमबार, १० चैत २०७६, १५ : २६ नागरिक

काडमाडौं- आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला।

यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ। यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।

अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिने टेलिकमले बताएको छ। यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2#  डायल गर्नु पर्दछ। यो प्याक लिनका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ। यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ।

अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ। यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नु पर्दछ। त्यसैगरी NVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415#  मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने भ्वाइस प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ। त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकहरु खरिद गरी प्रयोग गर्न सकिन्छ।

 

 

 

 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad