१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तह पुनसंरचनाको विरोध

बारा- स्थानीय तह पुनःसंरचना आयोगले तयार पारेको जिल्लाको नयाँ संरचनाबारे राजनीतिक दलहरुले विरोध जनाएका छन्।

कांग्रेस,एमाले,माओवादी केन्द्र,संघीय समाजवादी फोरम नेपला,मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक,तराई मधेस लोकतान्त्रिक पार्टी लगाएतका २१ दलका प्रतिनिधिहरुले सदरमुकाम कलैयामा सोमबार विरोध प्रदर्शन गरे।

आन्दोलनमा उत्रेका राजनीतिक दलका कार्यकर्ता तथा स्थानीयहरुले बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरलाई ज्ञापन पत्र दिनुको साथ साथै कलैया –वीरगन्ज सडक खण्डको सवारी आगमन समेत रोके।

पहिला बारामा ६ वटा नगरपालिका र ६८ गाविसहरु रहेकोमा अहिले तयार पारीएको प्रतिवेदमा काँग्रेस र एमालेका केही सांसदहरुले आफ्नो पार्टीका आधार क्षेत्र रहेको गाबिसहरुलाई एक ठाउँमा राख्नको लागि अव्यवहारीका तरीकाले स्थानीय निकायहरु गठन गर्न लगाएकोले त्यसको बिरुद्धमा आन्दोलन गर्नु परेको आन्दोलनकर्ता एमालेका ध्रुव यादवले बताए।

आयोगले हालै एउटा सिमरा–जीतपुर उपमहानगरपालिका, कलैया,कोल्वी,महागढीमाई,सिम्रौनगढ र निजगढ गरी पाँचवटा नगरपालिका सहित सातवटा गाउँपालिका गरी १३वटा स्थानीय निकाय राख्ने प्रतिवेदन सरकारलाई बुझाएको छ।

प्रकाशित: २५ पुस २०७३ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App