१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘सार्क क्षेत्रीय सहयोग र एकताको साधन हो’

काठमाडौ - नेपालका लागि पाकिस्तानी राजदूत मजर जाभेदले सार्क क्षेत्रीय सहयोग र सहकार्य साधन भएको बताएका छन्। नेपाल पाकिस्तान कूटनीतिक सम्बन्धको ६० औं वर्षगााठका अवसमा नागरिकसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सार्क क्षेत्रलाई मानवताको पाचौं घरका रूपमा उल्लेख गर्दै राजदूत जाभेदले यो क्षेत्र विश्वकै कम एकीकृत तर गरिबीको रेखामुनी रहेका सबैभन्दा धेरै मानिसको बसोबास रहेकाले पनि सार्कको पुनः सक्रियता र बलियो संगठनका रूपमा महत्व बढेको बताए। जाभेदले सार्कमा दुईपक्षीय सम्बन्धको विषय मिसिएको र सन २०१६ मा पाकिस्तानमा हुने भनिएको १९अाैं सार्क शिखर सम्मेलनबाट असयोगपूर्ण खेल सुरु भएको आरोप लगाए। यही कारणले १९ औं शिखर सम्मेलन आयोजना हुन नसकेको उनको आरोप छ।

राजदूत जाभेदले क्षेत्रीय सहयोगका अजेन्डालाई दुई पक्षीय सम्बन्धका विषयभन्दा टाढा राख्नुपर्नेमा जोड दिँदै समकालीन विश्वमा सफल मानिएका इयु र आसियानले पनि यस्तै गरिरहेको बताए। उनले सार्कलाई पुनः सक्रिय बनाउन आवश्यक रहेको भन्दै २०१६ मा यसलाई जुन अवस्थामा छोडिएको थियो त्यहीबाट अघि बढाउनुपर्ने बताए। उनले पाकिस्तानमा हुने १९ औं सार्क शिखर सम्मेलनले महŒवपूर्ण मञ्चलाई पुनर्जिवन दिने र क्षेत्रीय सहयोगलाई अझ बलियो बनाउँदै यस क्षेत्रका जनताको भलाइका लागि काम गर्न सक्ने विश्वास व्यक्त गरे। क्षेत्रीय सहयोग र एकता सधै आर्थिक विकासको सर्तका रूपमा रहने भन्दै उनले यसको उदाहरण इयु र आसियान भएको बताए।

राजदूत जाभेदले नेपाल र पाकिस्तानबीचको सम्बन्ध निर्वाध मित्रता, सहयोग, जनस्तरको मित्रता र राजनीतिक सदभावनाका रूपमा रहँदै आएको बताए। ६० औं वर्षगाँठको यो समय दुवै मुलुकका लागि महत्वपूर्ण भएपनि विश्वभर महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण विशेष समयलाई विषय बनाउन नसकिएको बताए।

उनले नेपाल र पाकिस्तानले विभिन्न क्षेत्रीय मञ्चमा सँगै काम गर्दै आएको बताउँदै युएनलगायतका अन्तर्राष्ट्रिय मञ्चमा पनि एक अर्कालाई सहयोग गर्दै आएको बताए। प्राकृतिक विपत्तिका बेला पनि एक अर्कालाई सघाउँदै आएको भन्दै उनले आगामी दिनमा जलवायु परिवर्तनको चुनौतिलाई सामना गर्न पनि एक अर्काका अनुभव तथा सहयोग विस्तार गरेर फाइदा लिनसक्ने बताए।

जाभेदले जलवायु परिवर्तनका साझा चुनौतीसँग लडन नेपाल सरकारले आयोजना गर्न लागेको विश्वस्तरयि मञ्च सगरमाथा सम्वादले पनि सहयोग पुग्ने दाबी गरे। उनले दुई देशबीचको व्यापार अभिवृद्धिका लागि व्यापारिक सम्पर्क बढानुपर्नेमा जोड दिए। उनले पाकिस्तानले प्रत्येक वर्ष नेपालमा मेड इन पाकिस्तान प्रदर्शनी आयोजना गरेजस्तै नेपाली व्यापारीले पनि पाकिस्तानमा त्यस्तै प्रदर्शनी गर्न सुझाव दिँदै त्यसका लागि सबै किसिमको सहयोगको प्रतिवद्धता व्यक्त गरे। उनले नेपाल र पाकिस्तानकाबीचमा पर्यटकीय क्षेत्रमा पनि सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताए।

उनले नेपालमा आफ्नो कार्यकालका कतिपय घटना अविष्मरणीय भएको बताए। यसले अन्तर्राष्ट्रिय सम्बन्धप्रतिको आफ्नो दृष्टिकोण नै परिवर्तन भएको बताए। काठमाडौंमा हालै सम्पन्न भएको १३ औं साफ प्रतिस्पर्धामा पाकिस्तानी टिमको समर्थनमा पाकिस्तानको झण्डासहितका नेपाली दर्शकको भीड आफ्नो लागि अवष्मिरणीय भएको बताउँछन्। यस्तो किसिमको विश्वास देख्दा आफ्नो आँखा रसाउने उनी बताउँछन्। यस्तो दृश्यले आफूलाई अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी किताबले भन्दो धेरै कुरा सिकाउने उनको भनाइ छ।

प्रकाशित: ९ चैत्र २०७६ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App