१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कर्मचारीको सेवा सुविधा रोक्दैनौं : युनाइटेड

लन्डन – विश्वभर कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै इङ्लिस प्रिमियर लिग पनि गत साताबाट अप्रिल अन्तिमसँगका लागि स्थगित गरेको छ।

यसबीच यस सिजनका खेल पुुनः सुचारु हुने वा नहुने भन्नेबारे विभिन्न अड्कलबाजी चलिरहेको छ। खेल सुरु भए पनि त्यो बन्द रंगशालामै खेलाउने तयारीमा एफए छ। प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले भने आफ्ना कर्मचारीले नियमित रूपमा सेवा सुविधा पाउने जनाएको छ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डले यस सिजन प्रिमियर लिगमा अझै चार खेलका लागि विपक्षी टोलीलाई आतिथ्यता प्रदान गर्दै छ। क्लबमा हाल तीन हजारभन्दा बढी कर्मचारी छन्, जसका लागि एक मिलियन युरो खर्च हुने बताइएको छ। ‘खेल रोकिएको छ, तर यसको अर्थ हाम्रा कर्मचारीको भत्ता र सेवा सुविधामा कुनै प्रभाव पर्दैन। हामी नियमित रूपमै उनीहरूलाई सुविधा दिनेछौं,’क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App