१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट बच्न सचेतना अपनाऔं : नेकपा

खोटाङ– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) खोटाङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सर्वसाधारणलाई बचाउनका लागि सचेत रहन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ती जारी गर्दै नेकपाले कोरोनाको प्रकोपबाट बच्न र बचाउनका लागि जिल्लामा आवश्यक पहल गर्न स्थानीय तह, प्रशासन, सरकारी निकाय, स्वास्थ्य संस्था, राजनैतिक दल, संघसंस्था लगायत मातहतका निकायलाई आग्रह गरेको छ।

नेकपाका अध्यक्ष देवान चाम्लिङ पृथ्वी र सचिव रामप्रसाद दंगालले जारी गरेको विज्ञप्तीमा कोरोनाबाट ‘नआत्तिन, चिन्तित नहुन, संयम अपनाउन वा विचलित नहुन’ जिल्लाबासीलाई आग्रह गरिएको छ। कोरोनाबाट बच्नका लागि नेपाल सरकारले फागुन ५ गते गरेको निर्णयलाई स्वागत गर्दै नेकपाले सरकारको निर्णयलाई जिल्लामा अक्षरस कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ।

कोरोनाको नाममा हुने कालोबजारी र कृत्रिम अभाव सृजना हुने खतरा बढेकाले सचेत रहन जिल्लाका सबै निकाय तथा संघसंस्थालाई आग्रह गरिएको छ। विज्ञाप्तीमा संकटको अवस्थामा आपूर्ती व्यवस्था सहज बनाउनका लागि भूमिका निर्वाह गर्न भनिएको छ।

 

प्रकाशित: ८ चैत्र २०७६ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App