संशाेधन प्रस्ताव दुई तिहाइले बहुमतले पारित हुने कानुन मन्त्रीकाे दाबी

सोमबार, २५ पुष २०७३, १२ : ३४ नागरिक

काठमाडौं–कानुन मन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव टेबुल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘मुलुक राजनीतिक समस्याबाट गुज्रिरहेको थियो, हिजो संविधान संशोधन विधेयक संसदमा टेबुल भएपछि त्यसको अन्त्य भएको छ, यो विद्येयक टेबुल गर्दा प्रतिपक्षी दलको पनि सहयाग रहेको छ।’

उनले संशोधन विद्येयक संसदमा टेबुल भैसकेकोले यो अब प्रक्रियाबाट अघि बढ्ने बताउँदै विधेयकलाई पारित गराउन सरकार तत्पर रहेको स्पष्ट पारे। मन्त्री नायकले प्रस्ताव पारित गर्न दिँदैनौं भनेर प्रमुख प्रतिपक्षी दलले अडान राख्न नहुने जिकिर गर्दै भने, ‘आन्दोलनरत मधेसी मोर्चालेपनि यो प्रस्ताव पारित गर्नको लागि सहयोग गर्नुपर्छ।’

उनले मुलुकलाई निर्वाचनको बाटोमा डोर्याउन मधेसी, थारु, जनजाति, आदिवासी लगायत असन्तुष्टहरुका मागलाई संविधान संशोधनमार्फत सम्बोधन गर्दै सबैलाई चुनावमा लैजानुपर्नेमा जोड दिए। मन्त्री नायकले थपे, ‘यो संशोधन विधेयक टुँगोमा पुग्न एक महिना लाग्छ, हामी संशोधन प्रस्तावलाई सहमतिमा नै पारित गर्ने पक्षमा छौं, यो प्रस्ताव पारित हुन्छ, सके सहमतिमा नै पारित हुन्छ, नभएपनि दुई तिहाईले पारित हुन्छ।’

उनले विधेयक पारित गराउनकै लागि सरकारले संसदमा टेबुल गरेको जिकिर गरे। आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकार त्यतातर्फ बढी केन्द्रित रहेको उनको भनाइ थियो।

प्रमुख दलहरु राष्ट्र र जनताप्रति उत्तरदायि बन्दै न्युनतम कोणबाटपनि एक ठाउँमा आउनुपर्नेमा जोड दिँदै मन्त्री नायकले भने, ‘यहाँ कसैको हार वा कसैको जित भएको महशुस गर्नुहुँदैन, यही संशोधन विधेयकलाई परिमार्जन गरेर अघि बढ्न सरकार खुल्ला छ, राष्ट्रिय आवश्यकता अनुसार अघि बढ्नुपर्छ।’ उनले सर्वोच्च अदालतले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यतालाई लिएर अयोग्य ठहर गरेको विषयलाई आफूहरुले स्वागत गर्ने बताए।
 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad