१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आयातित मासु, माछा र अण्डामा बन्देज

सिन्धुली- विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सिन्धुलीमा धमाधम सतर्कताका अभियान सञ्चालन हुन थालेको छ। यसै सन्दर्भमा सिन्धुलीको कमलामाई नगरपालिकाभित्र आयातित मासु माछा र अण्डामा बन्देज लगाइएको छ।

सरकारले कोभिड-१९ बाट जोगिन देशभर उच्च सतर्कता अपनाइरहेको समयमा सिन्धुलीको सदरमुकाम र मुख्य बजार क्षेत्र रहेको कमलामाई नगरपालिकाभित्र आयातित मासुजन्य सबै शनिबारबाटै रोकिएको कमलामाई नगरपालिका कार्यालयले जनाएको छ। नगरपालिका क्षेत्रभित्र आयात हुने मासु, माछा तथा अण्डा चैतभरीका लागि पूर्ण रुपमा वन्देज गरेका छौ, कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले भने, नगरपालिकाले उच्च सतर्कता अपनाएको छ। उनले राँगाको मासु र माछा तथा अण्डा जिल्ला बाहिरबाट धेरै आयात भएको पाइएको र त्यसबाट कोरोना भाइरसको प्रभाव देखिन सक्ने भन्दै त्यसलाई रोक्ने निर्णय गरेको बताए।

नगरपालिकाले जिल्लास्थित हाटबजारलाई समेत रोक लगाएको छ। हामी बजार अनुगमनलाई समेत तीव्र बनाउछौ, जिल्ला प्रशासन कार्यालयकी सहायक प्रजिअ विजय प्रसाईले भनिन् अखाध्य वस्तु, गुणस्तर गुम्नेगरी भण्डारण गरिएका वस्तुहरु र कृत्रिम अभाव सिर्जना गर्ने कार्यको तत्काल कार्यवाही र गुणस्तर गुमेका खाध्य वस्तुहरु तत्कालै नष्ट गर्ने निर्णय समेत भएको छ। उनले हालसम्म चामल नुन लगायतका खाद्यन्न सिन्धुलीमा प्रसस्तै व्यापारीको गोदाममा भएको र उपभोक्ताले आत्तिनुपर्ने अवस्था नरहेको बताइन्।

कोभिड १९को सन्दर्भमा सामान्य आरोग्यता प्रमाण नभएका आगन्तुकलाई आतिथ्यता उपलब्ध नगराउने समेत नगरपालिकाले निर्णय गरेको छ। नगरपालिकामा प्रबेश गर्ने आगन्तुक अतिथिले ज्वरो रुघाखोकी जस्ता स्वास्थ्यमा समस्या नभएको प्रमाण बिना नगरपालिकाले आतिथ्यता उपलब्ध गराउन नसक्ने नगरपालिकाले निर्णय गरेको हो। नगर क्षेत्रभित्र २५ जना भन्दा बढी मानिसहरु जम्मा हुनेगरी कुनै पनि सभा,समारोह, अनुष्ठान तथा संस्कार आयोजना गरेको पाइएमा कारवाही गर्ने निर्णय गरेको छौ, यो पूर्ण रुपमा कार्यान्वयन गर्छौ, सूचना अधिकारी ढकालले भने, कोभिड १९ को बारेमा सचेतना लगायतका अन्य विविध सूचनाहरुको सम्प्रेषण गर्न पत्रकार महासंघ सिन्धुलीलाई जिम्मेवारी जिम्मा दिने निर्णय समेत भएको छ।

क्वारेन्टाइनस्थल तोकियो
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणको रोकथाम तथा नियन्त्रणका लागी सिन्धुलीमा क्वारेन्टाइनस्थल तोकिएको सहायक प्रजिअ प्रसाईले बताइन्। हाल खासै प्रयोगमा नआएको भू–संरक्षणको कार्यालयलाई क्वारेन्टाइनस्थल तोकेका छौ, उनले नागरिकसँग भनिन्, जिल्लाका नौ ओटै स्थानीय तहहरूको समन्वयमा सचेतनामुलक अभियानहरू सञ्चालन गर्ने निर्णय गरेका हौ।  
यहाँको कमलामाई नगरपालिकामा कोरोना रोकथाम गर्न आयोजित छलफलमा सहभागीहरु । तस्बिर : अनिल/नागरिक

प्रकाशित: ८ चैत्र २०७६ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App