१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दैलेखमा ग्यासको कृतिम अभाव गर्दा जफत

जफत गरिएको ग्यास गाडीमा राख्दै प्रहरी । तस्बिर : गोविन्द/नागरिक

दैलेख– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै सरकारले लामो दुरीका यातायात, शैक्षिक संस्था, सरकारी कार्यालयहरु बन्द गर्न निर्देशन दिएसंगै दैलेखमा खाना पकाउने ग्यासको अभाव गरिएको छ। स्थानीयहरुले कृतिम ग्यास अभाव भएको गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अगुनमन भएको छ।

अनुगमनमा ग्यास भेटिएपछि जफत समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रबहादुर क्षेत्रीले बताए। दैलेखमा डिलर रहेको भेरी ग्यास र मनकामना ग्यासका गोदाममा अनुगमन टोलीले छापा हानेको थियो। ग्यास बिक्रेता श्रेष्ठ भाँडा पसल र एलिजा स्टोरमा अनुगमन गरिएको थियो। यहाँबाट नै दैलेखमा ग्यास वितरण हुने गर्दछ। अनुगमन टोलीले ग्यासको अभाव भए वा नभएको भन्ने बारे अनुसन्धान गरि जवाफसहित लिखित हस्ताक्षर गरेर अनुगमन गरेको थियो। अनुगमनमा ग्यास पाईएपछि जफत गरिएको जनाईएको छ।

अनुगमन टोलीले एक पटक ग्यास भण्डार गरेको ठाउँमा हेरेपनि पत्ता लगाउन सकेको थिए। फेरी अर्को भण्डार रहेको सूचना आएपछि श्रेष्ठ भाँडा पसलबाट ग्यास जफत गरिएको थियो। श्रेष्ठ भाँडा पसलबाट ११ वटा र एलिजा स्टोरबाट ३ वटा सिलिन्डर फेला परेको थियो। पसलमा आएका सबै ग्यास वितरण गरेर सकेको भएपनि केही सिलिन्डर घरका लागि राखेको ग्यास सिलिन्डर समेत जफत गरेर लगिएको आरोप यज्ञप्रसाद रेग्मीले बताए। ‘घरका लागि राखेको सिलिन्डर समेत जफत भयो ।’ रेग्मीले भने, मैले ३ वटा ग्यास घरका लागि राखेर कसरी कृतिम अभाव हुन्छ र?।’ कम्पनीबाटै ग्यास अभाव गराईएको डिलरहरुले बताए। जिल्ला आएजति ग्यास वितरण गरिएको उनको भनाई छ।

दैलेखमा अनुगमन नियमित नहुँदा ग्यास मात्रै होइन अन्य सामग्रीहरुको कृतिम अभाव तथा ग्याद गुज्रेका पाइने गरेको छ। ग्रामीक बजारहरुमा मूल्य वृद्धिले उपभोक्ताहरुको ढाड सेकिने गरेको छ। बजारमा कुनै पनि सामान कृतिम अभाव हुन नदिनका लागि आफूहरु चनाखो भएर बसेको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले बताएका छन्। जफत गरिएका सामग्रीसहित आवश्यक कारवाही गरिने प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए।
 

प्रकाशित: ८ चैत्र २०७६ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App