१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चैत्र १० देखि लामो दुरीका यातायात बन्द

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।

यस्तै सरकारले ९ गते देखि सबै हावई उडान स्थगित गरेको छ।  चैत १८ गतेसम्म  उडान स्थगित गरिएको हो। त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको  समेत  प्रधानमन्त्री ओलीले जनाए। 

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुलाई बीचमा कुनै अप्ठ्यारो समस्याहरु आएमा नेपाली कूटनीतिक नियोगमा  सम्पर्क गर्न समेत आग्रह गरे।

प्रकाशित: ७ चैत्र २०७६ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App