२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रेस युनियनको महाधिवेशन स्थगित

काठमाडौं, – चैत २१ र २२ गते निर्धारण गरिएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशन स्थगन भएको छ। बिहीबार केन्द्रीय सचिवालयको बैठकल विश्वभर कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण बढ्दै गएको र नेपालमा पनि सम्भावित संक्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्न आग्रह गरेकाले महाधिवेशन स्थगन गर्ने निर्णय गरिएको महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए।

नेपालगञ्जमा निर्धारण गरिएको नवौं महाधिवेशन अब अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको र कोरोना भाइरको त्रास कम भएपछि नयाँ मिति र स्थान तय गरिने उनको भनाइ छ। कोरोना भाइरसको संक्रमण मुलुकमा सामान्य भएर सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेपछि महाधिवेशनको मिति र स्थान निर्धारण गरिने महासचिव सिवाकोटीले बताए।

प्रेस युनियनले कोरोना भाइरसको सम्भावित संक्रमणबाट सजग र सतर्क रहन तथा सर्वसाधारण सबैलाई सचेतनाका लागि सहयोग गर्न मुलुकभरका युनियनकर्मीलाई आह्वानसमेत गरेको छ। कोरोना भाइरसको सम्भावित संक्रमणलाई लिएर सरकारले तत्काल कुनै पनि सभासम्मेलन नगर्न र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको सूचना जारी गरेको थियो। सोही कारण युनियनले निर्धारण गरेको महाधिवेशन स्थगन गरेको बताएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App