१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङमा दुई जनाको रहस्यमय मृत्यु

मृत्यु भएकाहरुको शव पोष्टमार्टको लागि जिल्ला अस्पतालको शव गृहमा राखिदै ।

धादिङ- धादिङको सिद्धलेक गाउँपालिका वडा न. २ एैसेलुगैरामा दुई जनाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका वडा नं २ का ७२ वर्षिय लालबहादुर नेपाली र उनको भान्जी बुहारी नाता पर्ने ३५ वर्षिया सुन्तली नेपालीेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बुधबार राति एकै गाउँको फरक–फरक स्थान र समयमा दुई जनाको मृत्यु भएको हो। दुवैजनाले एकै स्थानबाट लगिएको रक्सी सेवन गरि सुतेकाले सोही रक्सीको कारण मृत्यु भएको हुन सक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी (डिएसपी) रुपक खड्काले जानकारी दिए। ‘घटनास्थलमा कुनै शंकास्पद बस्तुहरु भेटिएको छैन, त्यसैले उनीहरुको मृत्यु रक्सी सेवनबाटै हुन सक्ने आशंका गरिएको छ’, डिएसी खड्काले भने, ‘हामी अनुसन्धानकै क्रममा छौँ।’

१ महिनाअघि गाउँमा बिहे भएको र सोही बिहेमा खपत भएर बाँकी रहेको रक्सी बुधबार साँझ दुवैजनाले बोत्तलमा हालेर लगेका थिए। रक्सी खाएर सुतेका दुवै जनाको फरक फरक घरमा गएराति नै मृत्यु भएको हो। लालबहादुरको राति १२ बजे र सुन्तलीको बिहान ४ बजेतिर मृत्यु भएको स्थानीयले बताएका छन्।

घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङबाट गएको प्रहरी अनुसन्धान टोलीले घटनास्थलको जाँच मुचुल्का गरि शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङवेशीमा ल्याएको छ। उनीहरुले खाएर बाँकी रहेको भनिएको रक्सी परीक्षणका लागि प्रहरीले ल्याएको छ। रक्सीलाई प्रयोगशालामा परीक्षणका लागि पठाइने डिएसपी खड्काले बताए।
 

प्रकाशित: ६ चैत्र २०७६ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App