१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्गममा गतिलो अस्पताल

रोल्पा - रोल्पा अस्पतालमा जतिबेला पनि बिरामीले सहजै डाक्टर भेट्न सक्छन्। चिकित्सक र अन्य स्वास्थ्यकर्मी बिहानैदेखि बेलुका अबेरसम्म काम मै ब्यस्त हुन्छन्। कहिल्यै बिरामीले गुनासो गर्दैनन्। बिभिन्न असहजताका बिचमा पनि सकेजतिको सेवा प्रबाहमा कन्जुस्याई हुँदैन।

केहि बर्ष यता अस्पतालमा बिरामीको चाप पनि निकै बढेको छ। रोल्पा अस्पतालले आफ्नै मेहनतमा बिभिन्न सेवा सुबिधा समेत थपेको छ। जिल्लाको एक मात्र अस्पतालमा केहि बर्ष यता नियमित डाक्टरहरु बस्न थालेपछि बिरामिको चाप पनि बढ्दै गएको हो। अहिले यहाँ जिल्लाभरबाट बिरामीहरु निको हुने विश्वास बोकेर आउछन्, र निको हुन्छन् पनि। दुई जना दरबन्दी भएको यो अस्पतालमा अहिले दातकासहित ५ जना डाक्टरले सेवा दिइरहेका छन्।

केहि बर्ष यता सुरु भएको जटिल अबस्थाको प्रसूती अप्रेशन सेवा प्रभाबकारी भई रहदा नियमित सेवा बाहेक दात सम्बन्धी सेवा थप भएपछि बिरामीलाई झनै सहज भएको हो। त्यसो त रोल्पा अस्पतालको प्रयोगशालामा साबिकको अञ्चल अस्पतालमा पाइने सेवा बराबरको क्षमता विकास गरिएको छ। अस्पतालमा प्रयाप्त भौतिक सुविधा नभए पनि सेवा भने अधिकतम पाईने गरेको छ।

नवौ र आठौ तहको एक एक जना गरी दुई दरबन्दी भएको यो अस्पतालमा आजसम्म नवौं तहको डाक्टर भने आएका छैनन्। डा. धनमाया घर्ती र डा. सपना कर्ण आठौ तहका स्थायी चिकित्सकका रुपमा कार्यरत छन भने  डा. अनिल केसि र डा. प्रकास बुढा करार दरबन्दीमा छन्। त्यसै गरी करारमा दातका लागि डा. दिपक माकजु कार्यरत छन्। डा. अनिल र डा. प्रकाशले जटिल अबस्थाको प्रसूती अप्रेशन पनि गर्ने गर्छन्।

दरबन्दी अभावसंगै भौतिक असुविधाका बिचमा स्वास्थ्यकर्मीहरुको सेवा भने गतिलो भएको भन्दै केहि समय अगाडि रोल्पा उद्योग बाणिज्य संघले दुई जना डाक्टरलाई सम्मान समेत गरेको थियो। ‘यहाँ कार्यरत कुनै पनि डाक्टरले बाहिर निजि क्लिनिकमा समय बिताउदैनन्। बिहानदेखि बेलुकासम्म अस्पतालमा बिरामीसंगै हुन्छन्।’ रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष बिश्वकुमार चन्दले भने ‘चौबिसै घण्टा बिरामीका लागि उपलब्ध हुने डाक्टर र स्वास्थ्यकर्मीको सेवा अतुलनीय छ।’ त्यसो त यहाँका डाक्टरदेखि अन्य स्वास्थ्यकर्मीहरुले समय समयमा बिरामीलाई रगत दान पनि गर्ने गर्दछन्।

अस्पतालको भवन जिर्ण छ। प्रयाप्त दरबन्दी छैन। टेलिफोन सेवा छैन। आज पनि अस्पताललाई १५ शैया भन्दा माथि बढाउने प्रयास भने गरिएको छैन तर स्वास्थ्यकर्मीहरुले सकेसम्मको सेवा दिन कन्जुस्याई गेरका छैनन्। ‘अस्पतालले सकेको अधिकतम सुविधा दिएको छ। रोल्पालीको अस्पताल संग भन्दा पनि राज्यसंग गुनासो छ।’ पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन् ‘अस्पतालको स्तर उन्नती गर्नु पर्ने चासो नै दिइएको छैन। यहाँको आवस्यकतामा राज्यले कहिल्यै चासो दिएन। श्रोत साधन उपलब्ध गराउनु पर्छ भन्ने सोच कहिल्यै आएन।’

बिबिध भौतिक असुविधाका बिचमा पनि अस्पतालले जिर्ण भवनबाट निरन्तर सेवा प्रवाह गरिरहेको छ। तर शैया संख्या निकै थोरै छ। राज्यले स्वीकृती दिएको १५ शैया भए पनि अस्पताल आफैले यताउति गरेर अरु आधि दर्जन बेड थपेको छ। त्यसो त आपतकालीन कक्षमा पनि शैया अभाव छ। कहिले काहि चाप बढी हुदा गल्लीमा बिरामीलाई राख्नुपर्ने बाध्यता छ। गत वर्षदेखि ५० शैयाका लागि भन्दै सरकारले अस्पतालको नयाँ भवन निर्माण गर्न थालेको छ। उक्त संरचना अझै केहि समय निर्माण सम्मन्न हुने छैन।

प्रकाशित: ६ चैत्र २०७६ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App