१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समिति सभापतिसँगको छलफल दुईपटक स्थगित

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसद्का समितिका सभापतिसँग छलफलका लागि बुधबार बोलाएको बैठक स्थगित भएको छ। सभामुखले राष्ट्रियसभाका अध्यक्ष र राष्ट्रियसभा र प्रतिनिधिसभाका गरी कुल १६ समिति सभापतिसँग सामूहिक छलफल गर्न बैठक बोलाएका थिए। यसअघि गत फागुनको तेस्रो साता सभापतिसँग छलफलका लागि बोलाएको बैठक पनि स्थगित भएको थियो। स्रोतका अनुसार पूर्व एमाले समूहले पूर्व माओवादी समूहको विवाद संसद्मा देखिएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पूर्वएमाले तर्फका समिति सभापतिले सभामुखले बोलाएको बुधबारको बैठकमा नआउने बताएपछि बैठक स्थगित भएको स्रोतले बतायो।

पूर्व माओवादी समूहबाट सभामुख सापकोटा आएपछि उनलाई पूर्व एमालेबाट असहयोग हुँदै आएको स्रोतले बतायो। सभामुखमा पूर्वएमालेले पाउने कि पूर्व माओवादीले पाउने भन्ने विषयमा संसद्को बैठक एक महिनासम्म अवरुद्ध भएको थियो।

प्रकाशित: ६ चैत्र २०७६ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App