२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट चार घाइते

भीमदत्तनगर-कञ्चनपुरको भीमदत्तनगरपालिका– १ भाषी गाउँ पसेको चितुवाको आक्रमणबाट एक प्रहरीसहित चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । 

आइतबार बिहान भाषी खोलामा रहेको चितुवाले आक्रमण गर्दा वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रहरी हवल्दार शङ्करदत्त मिश्रसहित घाइते भएका छन् । घाइते हुनेमा भाषीमा डेरा गरी अध्ययन गर्ने गणेश भाट, बेदकोट नगरपालिका– ८ का लाल सार्की र मोहनसिंह विष्ट छन् । घाइते चारै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

‘चितुवा हेर्न गाउँलेको भिड लागेको थियो ।’ घाइते प्रहरी हबल्दार मिश्रले भने–“गाउँलेलाई चितुवा भएकोतिर नजान भन्दै गर्दा चितुवा आएर आक्रमण गर्यो ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चितुवा नियन्त्रणका लागि निकुञ्जबाट हात्तीसहितको टोली भाषी पुगेको जानकारी दिए । 

त्यसका साथै निकुञ्ज कर्मचारी, प्रहरी र स्थानीयवासी चितुवा नियन्त्रणमा लागिपरेको भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । रासस

प्रकाशित: २४ पुस २०७३ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App