१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आपूर्तिमन्त्री भट्टले भने : 'बजारमा उपभोग्य वस्तुको अभाव भएमा मेरो जिम्मा'

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनै पनि वस्तुको अभाव भए त्यसको जिम्मा आफूले लिने बताएका छन्। बुधबार मन्त्रालयमा भएको 'कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने उल्लेख गर्दै यस्तो बताएका हुन्।

मन्त्रालयले नियमित बजार अनुगमनलाई तीव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको उल्लेख गर्दै मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए। उनले भने, 'पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन। राज्यले अभाव हुन दिन्न। विभागिय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ।’ मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन पनि आग्रह समेत गरेका छन्।

प्रकाशित: ५ चैत्र २०७६ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App