१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१३ हजार गुनासो सम्बोधन

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार तीन सय ८५ गुनासो सम्बोधन गरी एक हजार सात सय पाँच पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको प्राधिकरण कार्यकारी समितिको १३० औं बैठकले चार सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ।

योसँगै पुनः जाँच तथा छुट सर्बेक्षण २०७५ एवं २०७६ बाट संकलित एक लाख ८९ हजार गुनासोमध्ये एक लाख ८२ हजार तीन सय एकको नतिजा आएको छ। नतिजाअनुसार १७ हजार एक सय ६ पुनर्निर्माण लाभग्राही र आठ हजार तीन सय आठ प्रवलीकरण लाभग्राही कायम भएका छन्। बाँकी गुनासोको यही चैत मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए।

त्यसैगरी, कार्यकारी समितिले तीन सय ५९ प्रवलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ। प्राधिकरणले गुनासो सम्बोधनको नतिजा थाहा पाउनका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको छ। आफू लाभग्राही भई अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन गर्न सक्ने छन्।

प्रकाशित: ५ चैत्र २०७६ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App