१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डिक्सन्स कारफोनद्वारा तीन हजार कर्मचारी कटौती

लन्डन – बेलायतको मोबाइल फोनको प्रसिद्ध बिक्रेता डिक्सन्स कारफोनले  करिब दुई हजार नौ सय रोजगारीका अवसर कटौती गर्ने भएको छ। ‘उपभोक्ताको व्यवहार’का कारण सञ्चालनमा ल्याइएका मोबाइल फोनको खुद्रा विक्री पसललाई बन्द गर्ने कम्पनीले जनाएको छ।

ग्राहकको माग परिवर्तनसँगै कोरोना भाइरसको असरले कारोबार प्रभावित भएको कम्पनीको भनाइ छ। सन् २०१४ मा विद्युतीय सामानको खुद्रा विक्रेता डिक्सन्स र मोबाइल टेलिकम समूह कारफोन वेरहाउसलाई मिलाएर डिक्सन्स कारफोन कम्पनी बनाएको थियो। कम्पनीले अप्रिल ३ पछि सबै ५३१ मोबाइल स्टोरहरूलाई बन्द गर्ने बताएको छ। यो समूहले आगामी दिनमा मोबाइल फोनको अनलाइन वितरक ३०५ पिसी वर्ड शाखाहरूबाट मोबाइल फोन तथा अन्य उत्पादनहरूलाई बिक्री गर्ने बताएको छ।

मोबाइल फोन शाखामा रहेको घाटा व्यवस्थापन गर्न र कम्पनीलाई लाभ हुने गरी नयाँ निर्णय लिन लागेको बताएको छ। समूहले यस वर्ष नौ करोड पाउण्ड स्टर्लिङ (करिब १० करोड ९० लाख अमेरिकी डलर बराबर) को क्षति व्यहोर्ने अनुमानपछि उक्त कदम चालेको बताइएको छ। ग्राहकहरूले मोबाइल उपकरण र कनेक्टिभिटी किन्ने तरिका परिवर्तन गर्दैछन्।

उनीहरूले मोबाइल सेटहरू प्रायः प्रतिस्थापन गरेपछि अर्को किन्ने क्रममा पछिल्लो समय अनलाइन सेवाबाट लिने क्रम बढेपछि कम्पनीले पसलहरूलाई राख्नु घाटाको व्यापार गर्नुजस्तो भएकाले कम्पनीले पछिल्लो निर्णय लिएको हो। यसबाट प्रत्यक्ष करिब तीन हजार व्यक्तिले रोजगारी गुमाउनेछन् भने अन्य एक हजार आठ सय कर्मचारीलाई पनि निर्णयले प्रभावित तुल्याउने बताइएको छ।  

प्रकाशित: ५ चैत्र २०७६ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App