१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

चीनको फुटबल टोली स्वदेश फिर्ता

सांघाई – कोरोना भाइरसका कारण गत जनवरीबाट स्पेनमा रहेको चीनको फुटबल क्लब वुहान जान मंगलबार स्वदेश फर्किएको छ।

कोरोना भाइरसको केन्द्रविन्दु रहेको वुहान क्षेत्रमा फुटबल गतिविधि विहीन भएको थियो। सोमबार स्वदेश फर्किएको वुहान जालका सबै खेलाडी तत्कालै दुई साताका लागि क्वारेन्टाइनमा बसेका छन्। कोरोना भाइरसका कारणका चीनको सुपर लिग अनिश्चितकालका लागि स्थगित भएको थियो। वुहान क्षेत्र कोरोना भाइरसको मुख्य स्थल भएका कारण उक्त क्षेत्रका सबै सार्वजनिक कार्यक्रम स्थगित भएका छन्। स्पेन भ्रमणमा रहेका खेलाडीको लामो समयको बसाई निकै कठिन बनेको थियो। सोमबार मध्यान्ह मात्र उनीहरू स्वदेश फर्किएका थिए।

विशेष स्वास्थ परीक्षण र निगरानीका साथ उनीहरू स्वदेश फर्किएका थिए। उनीहरू अहिले आइसोलेसनमा छन्। चीनको समाचार संस्था सिन्ह्वाका अनुसार खेलाडीले आफ्नो परिवारसँग भेटघाट गर्न अझै समय लाग्नेछ। स्पेनबाट फर्किएका उनीहरू अहिले वुहान क्षेत्रभन्दा एक हजार किलोमिटर टाढा एक होटलमा रहेका छन्। वुहान क्षेत्रमा चीनको सरकारले करिब ११ मिलियनलाई घरभित्रै बस्न निर्देशन दिइरहेको छ। ‘पीडादायी र बिर्सन नसक्ने भ्रमणलाई छिचल्दै टोली सोमबार तीन बजे मात्र चीनको सेन्जेन फर्किएको हो,’ क्लबले लामो झनझट र कडा अध्यागमन पार गर्दै खेलाडी फर्किएको उल्लेख गरेको छ।

‘सेन्जेनमा आइसोलेसन समय पार गरेपछि वुहान जालको टोली पुनः प्रशिक्षणमा फर्किनेछ,’ क्लबले भनेको छ।  क्लबले चीनमा भाइरसको महामारी पैmलिरहेको अवस्थामा स्पेनमा अभ्यासलाई निरन्तरता दिएको थियो। तर, चीनमा महामारी रोकिएपछि अन्य देशमा फैलिएपछि क्लबले अभ्यास स्थगित गरेको थियो। खेलाडीहरू परिवारबाट हजार किलोमिटर टाढा रहे पनि कोरोना भाइरसका कारण चिन्तित भएको क्लबले जनाएको छ।

गत जनवरीदेखि स्पेनमा रहेको चीनको फुटबल क्लब वुहान जाल मंगलबार स्वदेश फर्किएको छ। क्लबका सबै खेलाडी तत्कालै दुई साताका लागि क्वारेन्टाइनमा बसेका छन्।

प्रकाशित: ५ चैत्र २०७६ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App