१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रारा जाने मुलबाटोमा हेल्प डेक्स

जुम्ला- जुम्लाको हिमा गाउँपालिकाले रारा जाने मुलबाटोमा हेल्प डेक्स स्थापना गरेको छ। सुर्खेत कालिकोट हुँदै रारा ताल जाने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई मध्येनजर गर्दै हेल्प डेक्स राखिएको हो। गाउँपालिका अध्यक्ष रजबहादुर शाही र प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाको स्वास्थ्य जाँच गरेर हेल्प डेक्स स्थापना गरिएको हो।

डेक्सले माक्स वितरण गर्नुका साथै स्वास्थ्य समस्या बारेमा चेकजाँच गर्नेछ। कर्णालीमा प्रमुख पर्यटकीय गन्तब्य रारा ताल जाने मुख्य सडक भएकोले हेल्प डेक्स स्थापना गरिएको प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढा बताउँछन्।

उनले भने,‘अहिले जहाँतही कोरोना भाइरसको सन्त्रास छ। जतिबेला पनि जस्तो सुकै स्वास्थ्य समस्या आउन सक्छ, त्यसैले गाउँपालिका कार्यालसंगै हेल्प डेक्स स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ।’ उनका अनुसार आन्तरिक र बाह्य पर्यटकलाई मात्र नभइ गाउँपालिकामा आउने सेवाग्राहीको स्वास्थ्य जाँच पनि गरिने छ।

यसअघि जुम्लामा बसेको सरोकारवालाको बैठकले जुम्ला कालिकोटको सिमाना, जुम्ला मुगुको सिमाना, जुम्ला डोल्पा र जुम्ला जाजरकोटको सिमानामा हेल्प डेक्स राख्ने निर्णय गरेको थियो। तर गाउँपालिकाले आफ्नै पहलमा स्थापना गरिएको यो हेल्प डेक्सले अहिले चर्चामा आएको कोरोना भाइरस बारे सचेतना प्रदान गर्नुका साथै आवश्यक परामर्श प्रदान गर्नेछ।

यसको साथै मौसम परिवर्तनका कारण सिर्जना हुनसक्ने रोग बारेमा उच्च सतर्कता अपनाउनको लागि मार्ग प्रसस्त गर्नेछ। गाउँपालिका अध्यक्ष रजबहादुर शाही विभिन्न संक्रमणबाट बच्न हेल्प डेक्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन्। उनले भने,‘ यसले पर्यटकको स्वास्थ्य जाँच गर्नुका साथै स्थानीयको स्वास्थ्यलाई पनि प्राथमिकता दिनेछ। यो मार्ग हुँदै रारा ताल जाने पर्यटकलाई पनि स्वास्थ्य जाँच गर्न निकै सहज हुने भएको हो।

यहाँ स्वास्थ्य संस्था र प्राथमिक स्वास्थ्य केन्द्र समेत छ। यसअघि हिमा गाउँपालिकाले कोरोना भाइरसलाई मध्यनजर गर्दै दस हजार मास्क वितरण गर्ने निर्णय गरेको थियो। यो डेक्स मार्फत सडकमा आवतजावत गर्ने स्थानीय र सवारीसाधनमा यात्रारत यात्रुलाई समेत सेवा प्रदान गरिनेछ। कोरोना भाइरसबाट बच्ने उपायसहितको ब्यानर राखेर हेल्पडेक्स स्थापना गरिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पनि कोरोना भाइरस संक्रमणलाई मध्येनजर गर्दै १० वटा शैया छुट्याएको छ। विशेषज्ञ चिकित्सकको नेतृत्वमा कार्यदल समेत बनाएको छ। जुम्लामा कोरोना भाइरस बारेमा सचेतनाका क्रियाकलाप समेत भइराखेका छन्।

 

प्रकाशित: २ चैत्र २०७६ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App