१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

स्थगित हुँदै कन्सर्ट

काठमाडौं – सांगीतिक रक ब्यान्ड १९७४ एडी, गायिका आनी छोइङ र्डोल्मा र झुमा लिम्बुको ‘सुर सरगम’ नामक सांगीतिक कार्यक्रम स्थपित भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेसँगै आगामी शुक्रबार राजधानीको आर्मी अफिसर्स क्ल्बमा आयोजना हुने भनिएको कार्यक्रम सरेको जानकारी १९७४ एडीका मनोजकुमार केसीले गराए।

‘कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरिरहेको स्थितिमा सांगीतिक कार्यक्रम नगरेको राम्रो हुन्छ। आर्थिक रूपमा घाटा भएपनि दर्शकको स्वास्थ्य महत्वपूर्ण हो,’ उनले भने, ‘ सबैको सल्लाहअनुसार शुक्रबार हुने भनिएको सैनिक श्रीमती संघको सुर सरगम कार्यक्रम सारिएको हो।’ यसलगत्तै विदेशमा हुने भनिएका सांगीतिक प्रस्तुतिमा सहभागितालाई लिएर उनले अन्यौलता व्यक्त गरेका छन्।

कोरोना भाइरस संक्रमणको त्राससँग राजधानी वरपर हुने अधिकांश कार्यक्रमहरू स्थगित भएका छन्। विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरिरहने रितेश क्रिस कोरोना भाइरस संक्रमणको त्राससँगै होली विशेष कन्सर्टहरू स्थगित गर्नुपरेको बताउँछन्। आगामी मे महिनामा आयोजना हुने भनिएको कन्सर्टलाई लिएर उनी अन्यौलमा छन्। ‘कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेलगत्तै होली विशेष कार्यक्रमहरू रोकेका थियौं। आगामी मे महिनामा हुने कन्सर्टलाई लिएर अन्यौलमा परेका छौं। दर्शकलाई मास्क र सेनिटाइजर उपलब्ध गराएर करिव डेढ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको कन्सर्ट आयोजना गर्न तयारीमा जुटेका छौं,’ उनले भने।

कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेसँगै ठमेलस्थित क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) मा चहलपहल घटेको सञ्चालक रविन श्रेष्ठ बताउँछन्। उनका अनुसार एलओडीमा हुने ठूला कार्यक्रमहरू स्थगित भएका छन्। ‘कोरोना भाइरस संक्रमणको त्रासका कारण यहाँ आउने दर्शक र ग्राहकहरूका उपस्थिति घट्ने क्रम जारी छ। एलओडीमा हुने तय भएका ठूला कार्यक्रमहरू स्थगित गरेका छौं,’ उनले भने, ‘तत्काल क्ल्ब बन्द गरिहाल्नुपर्ने अवस्था नरहेकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि सेनिटाइजरसहित दर्शकहरूलाई यहाँ प्रवेश गराइरहेका छौं।’ प्राय पाँच सय हाराहारीका दर्शकहरू आउने क्ल्बमा कोरोना भाइरस संक्रमणको त्राससँगै उनीहरू उपस्थिति घटेको उनले बताए।

कोरोना भाइरस संक्रमण देखिएसँगै विदेशमा हुने कार्यक्रमलाई लिएर कलाकारहरूमा अन्यौलमा छन्। केही कलाकारहरू भने भाइरस संक्रमित देशमा आयोजना भइरहेका कन्सर्टमा सहभागी भइरहेका छन्। गायक शिव परियारले भने कोरोना भाइरस संक्रमण रोकथाम नभएसम्म कार्यक्रमहरूमा सहभागी नहुने बताएका छन्। ‘संसारभर कोरोना भाइरस संक्रमण बढेको अवस्थामा दर्शक र श्रोताहरूको स्वास्थ्य महत्वपूर्ण हो। नेपाल सरकारले सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरिसकेको छ। यसलाई मध्यनजर गर्दै मैले अनिश्चितकालसम्म कार्यक्रमहरूमा सहभागी नहुने भएको हुँ,’उनले भने, ‘केही दिनमा दुई वटा गीत रेकडिङ गर्ने तयारी गरिरहेको छु। स्वास्थ्यको सवालमा सबैजना सचेत हुनु आवश्यक छ।’ कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै कार्यक्रमहरू आयोजना नगर्न उनले आयोजकहरूलाई सुझाव दिएका छन्।

हाल ‘नेपाल स्टार’ नामक रियालिटी सोमा व्यस्त गायिका अन्जु पन्त कोरोना भाइरस संक्रमणको त्रासले सांगीतिक कार्यक्रममा खासै असर नपरेको बताउँछिन्। ‘कोरोना भाइरस संक्रमणको त्रासभन्दा पनि अहिले नेपाल स्टारमा व्यस्त छु,’ उनले भनिन्।

प्रकाशित: २ चैत्र २०७६ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App