१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एकलाख धरौटीमा दुई चिकित्सक रिहा, अन्यको थुनछेक चल्दै

काठमाडाैं-काठमाडौं जिल्ला अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ठगी गरेको आरोपमा पक्राउ परेका दुई चिकित्सकलाई जनही एकलाख धरौटी माग गरेको छ । अन्य दुईजनाको थुनछेक बहस अदालतमा भैरहेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले असार पाँच गते काठमाडौंबाट पक्राउ गरेका नर्भिकका चिकित्सक अरुणकुमार गुप्ता र गणेश शाहलाई जनही एकलाख धरौटी माग गरेको हो । न्यायाधीशद्वय  ध्रुबकुमार पियाँको इजलासले गुप्ता र रामप्रसाद अधिकारीको इजलासले शाहलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

धरौटी बुझाउने कागजी प्रकृयामा दुबै चिकित्सक रहेका छन । ब्युरोले गणेश शाहलाई ११ लाख १३ हजार र गुप्ताबाट पीडित तीनजनाको क्षतिपूर्ती बापत साढे दुईलाख बिगो मागदाबी गरेको थियो ।

अदालतका शाखा अधिकृत माधव लोहनीका अनुसार बुद्धिमान श्रेष्ठसाग मागदाबी गरिएको ७० लाख र विनिता मण्डलबाट एकलाख १९ हजार मागदाबी गरिएको मुद्दाको थुनछेक बहस भैरहेको छ ।

प्रकाशित: २० असार २०७३ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App