१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

काँकडभिट्टा गोल्डकपको उपाधि झापालाई

झापा- लामो समयदेखिको उपाधि खडेरी तोड्दै रमपम झापा ११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको उपाधि जित्न सफल भएको छ। शनिबार विभागीय टोली एपिएफलाई ३–० ले हराउँदै झापाले ४ लाख नगदसहितको उपाधि चुमेको हो।

एपीएफका टोप विष्टले ७७ औं मिनेटमा आत्मघाती गोल गरेपछि झापाले १–० को अग्रता लिएको थियो। खेलको ९० मिनेटमा झापाका लागि कर्ण लिम्बुले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । इन्ज्युरी समयमा कर्णले नै अर्को पनि गोल गर्दै टोलीलाई उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका थिए । एपीएफले सुरुङ्गा गोल्डकपको सफलता दोहोर्याउने लक्ष्य पूरा गर्न सकेन । फाइनलमा उपविजेता बन्दै उसले दुई लाखमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा झापाका कप्तान योगेश गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले २५ हजार पुरस्कार पनि प्राप्त गरे । त्यस्तै सर्वाधिक पाँच गोल गरेका झापाकै कर्ण लिम्बु उच्च गोलकर्ता बन्दै १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक चुनिएका एपीएफका राजु योगीले १० हजार प्राप्त गरे । फाइनलका म्यान अफ दि म्याच झापाका विशाल राईले पाँच हजार प्राप्त गरे।  उनीहरुलाई प्रमुख अतिथि सांसद उषा गुरुङ, मेचीनगरका कार्यकारी अधिकृत पशुपति खतिवडा लगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २३ पुस २०७३ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App