१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपिएल सार्ने बिसिसिआईको निर्णय

नयाँ दिल्ली – भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)ले कोभिड–१९ कोरोना भाइरसको कारण देखाउँदै मार्च अन्तिमबाट सुरु हुने इन्डियन प्रिमियर लिग(आइपिएल) सार्ने घोषणा गरेको छ।

मार्च २९ देखि विश्व क्रिकेटका चर्चित खेलाडी भेला हुने आइपिएल सञ्चालन गर्ने वा नगर्ने भन्ने बारे शुक्रबार भारतीय क्रिकेटका शीर्ष नेतृत्वबीच बैठक बसेको थियो। कोरोनाका कारण विश्वमा एक पछि अर्को प्रतियोगिता स्थगित हुँदै गइरहेको छ। शुक्रबारको बैठकले अप्रिल १५ सम्मका लागि प्रतियोगिता स्थगित गरेको बिसिसिआईले जनाएको छ । ‘कोरोना भाइरस(कोभिड १९) को संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै बिसिसिआईको बैठकले अप्रिल १५ सम्मका लागि आइपिएल २०२० सारिएको छ,’बिसिसिआईले जारी गरेको विज्ञप्तीमा भनिएको छ। कुल ६० खेल हुने आइपिएलबाट ११ बिलियन डलरभन्दा बढि भारतीय अर्थतन्त्रलाई साथ दिने अनुमान गरिएको थियो। जसमा चाइनिज मोबाईल भिभोले मात्र सन् २०१८–२०२२ सम्मका लागि ३३० मिलियन डलर प्रायोजनमार्फत खचिर्एको छ।

यसअघि बिहीबार भने बिसिसिआईले विश्वको सर्वाधिक धनराशिको प्रतियोगिता आइपिएल स्थगित गर्नु या सार्नुको साटो रंगशालाका ढोका बन्द गरेर खेलाउने तयारी भइरहेको जनाएको थियो।’ च्याम्पियन र उपविजेताले पाउने पुरस्कार घटाइएको आइपिएललाई समयमा नै सुरु गर्ने बिसिसिआईले योजना बनाइरहेको थियो। तर, दिन प्रतिदिन कोरोनाको संक्रमण बढ्न थालेपछि भारतीय सरकारले केही राष्ट्रलाई नयाँ भिसाका लागि प्रतिबन्ध लगाएको थियो। यस्तोमा आइपिएलमा चर्चित विदेशी खेलाडीको सहभागिता पनि अनिश्चित बनेको थियो। भारतले कोरोना सत्रांसकै कारण दक्षिण अफ्रिकासँगको एकदिवसीय शृंखलाको बाँकी खेल रद्द गरिएको छ। धर्मशालामा तय भएको पहिलो खेल वर्षाका कारण हुन नसक्दा बाँकी खेल पनि बिसिसिआईले शुक्रबार रद्द गरेको छ।
 
कोरोनाका कारण विश्वमा एक पछि अर्को प्रतियोगिता स्थगित हुँदै गइरहेको छ। बिहीबार भारतीय क्रिकेटका एक पदाधिकारीले भने इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित गर्नु या सार्नुको साटो रंगशालाका ढोका बन्द गरेर खेलाउने तयारी भइरहेको जनाएका थिए। तर, शुक्रबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले बैठकमार्फत अप्रिल १५ सम्मका लागि प्रतियोगिता स्थगित गरेको जनायो।

प्रकाशित: १ चैत्र २०७६ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App