१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लोपोन्मुख बन्यजन्तुको चोरीसिकारी बढ्यो

रुकुम– जिल्लामा पाइने लोपोन्मुख वन्यजन्तुको चोरीशिकारी बढ्दै गएको छ। सरकारी नियामक निकायको पहुँच नहुँदा यहाँ लोपान्मुख वन्यजन्तुको चोरी शिकारी बढ्द गएको हो।

ढोरपाटन सिकार आरक्ष, बुकिपाटन, मौराखारा, चित्रेपाटनलगायतका जंगलहरुबाट लोपोन्मुख वन्यजन्तुहरु पाइने गर्दछन्। पूर्वी गाविसहरुमा कस्तुरी, मृग, नाउर, झारल, थार, रातो बा“दर, बाघ, भालुलगायतका लोपोन्मुख वन्यजन्तुको चिरो सिकारी भइरहेको छ। जिल्लाका मैकोट, तकसेरा, हुकाम, सिस्ने, जाङ, गोतामकोट, स्यालाखदी लगायतका गाविसहरुका जंगलहरु  विभिन्न लोपोन्मुख वन्यजन्तुका लागि उपयुक्त बासस्थान मानिने गरेका छन्। वन्यजन्तुको संरक्षणका लागि सरकारी स्तरबाट ध्यान नदिईदा बन्यजन्तु मारिने क्रम बढेको स्थानीयहरुको भनाइ छ। जिल्ला वन कार्यालयले ध्यान नदिएपछि बाहिरबाट गएका सिकारीहरु र स्थानीयहरुले बन्यजन्तुहरु मार्ने गरेका हुन्।

मैकोटस्थित बुकिपाटनमा सिकारका लागि दैनिक एक दर्जन सिकारीहरु जाने गरेका छन्। ‘पाटनमा बसोबास गर्ने नाउर र झारलको संरक्षणका लागि सरकारी स्तरबाट कुनै पहल नगरिएको स्थानीयहरुको भनाइ छ । हप्तामा आधा दर्जन लोपोन्मुख बन्यजन्तुको चोरीनिकासी हुने गरेको बताइएको छ। स्थानीयहरुले मासुका लागि वन्यजन्तु मार्ने गरेका छन्। गाउ“का बासिन्दाहरु मिलेर सिकार खेल्न जाने गरेकाले उजुरी नपर्ने गरेको उनी बताइन्छ।

प्रकाशित: २३ पुस २०७३ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App