१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भारतमा कोरोनाका कारण एकको मृत्यु

काठमाडौं-  कोरोना भाइरस (कोविड १९) का कारण भारतमा एक जनाको मृत्यु भएको छ।  कर्नाटकको कलबुर्गीमा ७६ वर्षिय एक व्यक्तिको निधन भएको बीबीसीले जनाएको छ। उनी हालै साउदी अरबबाट फर्किएका थिए।

कर्नाटक राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले यस मामलामा सबै सजगताको पालना गरिएको बताएको छ। मृत्यु भएका व्यक्तिलाई अन्य व्यक्तिको सम्पर्क बाहिर राखिएको र पछिल्ला दिनमा उनको सम्पर्कमा आएका सबैको खोजी गरिरहेको बताएको छ। ति व्यक्ति तेलंगनाको एक निजी अस्पतालमा समेत गएको देखिएकोले तेलंगना सरकारलाई समेत सूचित गरिएको बताइएको छ।

केन्द्र सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदीबाट आउना साथ उनलाई स्वास लिन अप्ठ्यारो, खोकी र निमोनिया देखिएपछि ६ मार्चमा चिकित्सकले घरमै उपचार सुरु गरेका थिए।

स्वास्थ्यमा सुधार नआएपछि उनलाई ९ मार्चमा कलबुर्गीको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको प्रारम्भिक जाँचमा उनलाई कोरोना संक्रमण भएको पाइएको थियो।

त्यसपछि ९ तारिखमा विस्तृत जाँचको लागि थुकको नमुना बंगलुरुको एक ल्यावमा पठाइएको थियो। तर जाँचको नतिजा आउनु भन्दा पहिले नै कलबुर्गी अस्पतालको सल्लाह विपरित उनको परिवारले हैदराबादको एक निजी अस्पतालमा भर्ना गरेका थिए।

गुलबर्ग इन्सिच्युट अफ मेडिकल साइन्सको इसोलेसनमा लैजाँदै गर्दा १० मार्चमा उनको निधन भएको थियो।

प्रकाशित: ३० फाल्गुन २०७६ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App