१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

चीनको कोरोना–नियन्त्रण पाठ

‘सुत्ने/शिथिल हुने होइन अझै जोडतोडसाथ महामारी नियन्त्रणका काम गर्दै हुपेई प्रान्त र उहान बचाउने युद्धमा विजय हासिल गर्नुपर्छ’– मार्च १० तारिख चीनका राष्ट्रपति सी चिनफिङले उहान पुगेर दिएको निर्देशन हो यो।कोभिड–१९ का कारणउहानबन्द गरिएको डेढ महिनापछि सी पहिलोपटक त्यहाँ पुगेका हुन्। त्यसअघि सीले दुईपटक बेइजिङका अस्पताल गएर संक्रमितहरूको अवस्था जानकारी लिएका थिए।सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ बनेयता चीनले सबैभन्दा गम्भीर स्वास्थ्य संकट भोगेको अहिले हो।यतिबेला उसले कोभिड–१९ विरुद्धको युद्धमा आफ्ना सबै अंग परिचालन गरेको छ। यसका लागि डेढ महिनाभित्र चिनियाँ कम्युनिस्ट पार्टीको पोलेटब्युरोबैठक ६ पटक बसिसकेको छ।यति छोटो अवधिमा आधा दर्जन बैठक बसेको यो पार्टीको इतिहासमै पहिलोपटक हो।

जनताको सेवा नै राजनीति हो र जनता नै नेताका आधार हुन् भन्ने कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नोमूल नारा बनाएको छ। सन् २०१७ अक्टोबरमा सम्पन्न पार्टीको १९औं महाधिवेशनले यो नारालाई अझ जोड दिँदै हरेक नेतालाई जनतामाझ पुगेर काम गर्नैपर्ने निर्देशन जारी गरेको थियो। सोहीबमोजिम हरेक वर्षसी देशका गरिब बस्तीदेखि कारखानामा काम गर्ने मजदुरसम्म पुगेर छलफल गरिरहेका हुन्छन्।अन्य नेता पनि जनताका सुखदुःखमा सरिक हुने गर्छन्। कोरोना भाइरसकोेउद्गमस्थलमै पुगेर चिनियाँ राष्ट्रपति सीले आफू जनताको साथमा रहेको सन्देश दिएका छन्। नेपाल भ्रमणको बेला पनि सीले नेताले जनताको मन जित्न सक्नुपर्ने विचार व्यक्त गरेका थिए।

कोभिड–१९ क्रमशः नियन्त्रण भइरहेको भए पनि यसलाई पूरै निर्मूल नपारीकन थकाइ नमार्नेसुरुमा उल्लिखित राष्ट्रपति सीको भनाइले प्रस्ट पार्छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मार्च११ बुधबार मध्यराति जारी गरेको तथ्यांकअनुसार सो दिन चीनमा १५ जनामा मात्र कोभिड–१९देखिएको छ भने मर्नेको संख्या ११  छ। उहानमा स्थापित अस्थायी स्वास्थ्य शिविर हटाइएका छन्।कोरोना संक्रमणपछि बन्द गरिएका उद्योग÷कारखानाक्रमशः सञ्चालन गर्न थालिएका छन्। हुपेई प्रान्त र त्यसआसपासबाहेक चीनका अन्य क्षेत्रका ९० प्रतिशतभन्दा बढी उद्योगधन्दा पुनः सञ्चालन भइसकेका छन्। तर पनि चीनले स्वास्थ्य–सुरक्षालाई अत्यन्त कडाइसाथ लागू गरिरहेको छ। यसको खास कारण के हो भने यहाँको जनजीवन सामान्य हुँदै गरेकाले अन्य देशका नागरिकचीन फर्कने क्रम जारी छ। अहिलेसम्म यसरी आएकामध्ये ८० जनामा कोभिड–१९ देखिएपछि चीनले निगरानी कडा नै राखेको हो।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सबै मुलुकले सक्रिय रूपमा चीनको अनुभव अनुसरण गर्र्दै हातेमालो गर्नु नै आजको आवश्यकता हो। चिनियाँ राष्ट्रपति सीले भनेजस्तै अहिले सुत्ने÷शिथिल हुने समय होइन।

कोभिड–१९ ले चिनियाँ पर्यटन र मनोरञ्जन उद्योगमा सबैभन्दा बढी प्रभाव पारेको छ। विश्व पर्यटन बजारमा चिनियाँ पर्यटक मेरुदण्ड मानिन्छन्।त्यसकारण कोरोनाले नेपालको पर्यटनलाई मात्र नभएर विश्व पर्यटनलाई नै गम्भीर असर परिसकेको छ। चिनियाँ पर्यटन अनुसन्धानालयले मार्च१० तारिख सार्वजनिक गरेको प्रतिवेदनअनुसारसन् २०१९ मा चिनियाँ पर्यटन बजारमा विदेशी÷आन्तरिक गरी ६ अर्ब६० लाख पर्यटकथिए। यो संख्या सन् २०१८ भन्दा ८.४ प्रतिशत बढी हो।सन् २०१९ मा चीनले पर्यटन क्षेत्रबाट ६६ खर्ब३० अर्बयुआन आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा आम्दानी पनि ११ प्रतिशत वृद्धि भएको थियो। सन् २०१९ मा विदेश भ्रमणमा जाने चिनियाँको संख्या १५ करोड ५० लाख थियो भने चीन भ्रमणमा आउने विदेशी पर्यटक१४ करोड ५० लाख थिए। चालु वर्षविदेश भ्रमण गर्ने चिनियाँ र चीन भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ह्वात्तै घट्ने अनुमान गरिएको छ। चीनकै आन्तरिक पर्यटकपनि आधाभन्दा बढीघट्नेछन्। चिनियाँ नयाँ वर्षमा ३ अर्बव्यक्तिले भ्रमण गर्ने चलन रहेकामा यस वर्ष१ अर्बचिनियाँमात्र आन्तिरक पर्यटक बन्नुले यसको पुष्टिगर्छ।

कोभिड–१९को प्रत्यक्ष प्रभाव परेको अर्को क्षेत्र चिनियाँ मनोरञ्जन व्यवसाय हो। चिनियाँ चलचित्र तथा टेलिशृंखलासँगै बजारमा छ्यापछ्याप्ती खुलेका कराओके व्यवसाय यतिबेला ठप्प छन्। निर्माण भइसकेका चलचित्र, हलमा प्रदर्शन हुन पाएका छैनन् भने कतिपय छायांकन पनि रोकिएका छन्। यसले लगानी बढाउनाका साथै बैंकको ऋण, ब्याजदर, बिमा, प्राविधिक÷प्रशासनिक खर्चआदिले मनोरञ्जन उद्योग तीव्र दबाबमा परेका छन्। सानातिना कम्पनी टाट पल्टिसकेका छन् भने ठूला कम्पनीलाई बोझ बढिरहेको छ।

यो मर्काबुझेर केन्द्रीय तथा स्थानीय सरकारले मनोरञ्जन व्यवसायलाई सहुलियत दिने नीति घोषणागरेका छन्। बेइजिङ नगरपालिकाले कोभिड–१९ बाट प्रभावित कम्पनीलाई मध्यम तथा दीर्घकालीन ऋण प्रदान गर्ने भएको छ। सामान्य अवस्थामा हरेक महिना आफ्ना कर्मचारीलाई दिने गरिएको सामाजिक बिमा ३ महिनासम्मका लागि स्थगन गरिएको छ। त्यसैगरी कम्पनीको कर र घरभाडा घटाइएको छ। फेब्रुअरी ३ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनको विकास र सुधार आयोगका उपप्रमुख ल्यान वै ल्याङले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा विशेषगरीउपभोक्ता बढी मारमा परेको बताउँदै ढुवानी, सांस्कृतिक पर्यटन,होटल÷रेस्टुरेन्ट, चलचित्र/टेलिशृंखला तथा मनोरञ्चन व्यवसाय मुख्य रूपमा प्रभावित रहेको औंल्याए।

फेब्रुअरी १२ तारिख बेइजिङ चलचित्र ब्युरोले आफ्नो वेबसाइटमार्फत सम्बन्धित व्यवसायीलाई आफ्नो क्षति उल्लेख गर्दै सहयोगका लागि निवेदन दिन आह्वान गरेको छ। सन् २००३ मासार्सफैलिएका बेला पनि चिनियाँ मनोरञ्जन व्यवसायउठाउन चीन सरकारले विभिन्न नीति सार्वजनिक गरेको थियो।

मनोरञ्जन तथा पर्यटन उद्योगबाहेक अन्य औद्योगिक क्षेत्रमा पनि कोभिड–१९को व्यापक असर परेको छ। यस्तो अस्थायी संकट टार्नचीनले विभिन्न आर्थिक नीति अगाडि सारेको छ। केन्द्रीय बैंकचिनियाँ जनबैंकले सघन प्रतिचक्रवत् प्रतिस्थान गर्न१७खर्बयुआनको तरल मुद्रा खुला बजारमा परिचालन गरेको छ। विशेष ऋणकारूपमा पुनर्सापटी लिन मिल्ने ३ खर्बयुआन विनियोजन गरेको छ। न्यूनतम ब्याजदर भएकाले साना तथा मझौला उद्योग तथा निजी कम्पनीलाई लागत घटाउन र आर्थिक भार कम गर्नयस्तो आर्थिक नीतिले सघाउ पु¥याउनेछ। चीनका प्रायःस्थानीय सरकारले संक्रमणको मारमा परेका व्यवसायका लागि कर कटौती र सापटी व्यवस्थाका नीतिल्याएका छन्।

१ अर्ब४० करोड जनसंख्या रहेको चीनमा ९० करोड नागरिक श्रम गर्ने उमेर समूहमा पर्छन्। तीमध्ये ४० करोड मध्यमस्तरीय आय भएका र १७ करोड उच्च शिक्षित तथा सीमा दक्ष छन्। संयुक्त राष्ट्रसंघको औद्योगिक वर्गीकरण प्रणालीअनुसार चीन विश्वको एक मात्र त्यस्तो मुलुक हो, जहाँ सबै प्रकारका उद्योग÷व्यवसायछन्।एक्काइसौं शताब्दी आर्थिक विश्वव्यापीकरणको युग हो। यो युगमा सबै राष्ट्रले साझेदारी गरेकाले चीनको अर्थतन्त्रमा असर प¥यो भने स्वाभाविक रूपमा अन्य मुलुकमा पनि पर्नेछ। यतिबेला कोभिड–१९ विश्वका अधिकतर मुलुककोसाझा चुनौती बनेको छ। विश्व अर्थतन्त्रमा ३० प्रतिशत हिस्सा ओगटेको चीनले कोभिड–१९ नियन्त्रण गर्ननेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। इटलीले चीनको उपाय अनुसरण गरिसकेको छ। इरानलगायतदेशमा चिनियाँ चिकित्सक टोली सक्रिय छन्। कोभिड–१९महामारी नियन्त्रणका लागि सबै मुलुकले सक्रिय रूपमा चीनको अनुभव अनुसरण गर्र्दै हातेमालो गर्नु नै आजको आवश्यकता हो। चिनियाँ राष्ट्रपति सीले भनेजस्तै अहिले सुत्ने÷शिथिल हुने समय होइन।

आचार्यबेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो(सिआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।

प्रकाशित: ३० फाल्गुन २०७६ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App