१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘संक्रमणबाट बच्न नमस्ते गरौं’

प्रतिकात्मक/फाइल तस्बिर

मुम्बई – संसारभर फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन बलिउड कलाकारहरूले नमस्ते गरेर अभिवादन गर्न आग्रह गरिरहेका छन्। बलिउड अभिनेता सलमान खान, अक्षय कुमार, अनुपम खेर र हास्य कलाकार कपिल शर्मालगायतका कलाकारहरूले नमस्ते गर्न सल्लाह दिएका छन्।

हास्य कलाकार कपिल शर्माले सामाजिक सञ्जाल इन्स्टाग्राममा मास्क लगाएर नमस्ते गरेको फोटो पोस्ट गर्दै कोरोना भाइरस संक्रमणबाट बच्ने आग्रह गरेका छन्। ‘कोरोना भाइरस संक्रमणबाट बच्न सावधानी अपनाउनु जरुरी छ। संक्रमणबाट बच्न सबैले नमस्ते गरेर अभिवादन गर्न सिकौं,’ उनले लेखेका छन्।

यसअघि अभिनेता अक्षय कुमारले कोरोना भाइरस संक्रमणका कारण भारतीय फिल्म उद्योगमा असर पर्न सक्ने बताएका थिए। ‘कोरोना भाइरस संक्रमणबाट बच्‍न सरसफाईमा ध्यान दिनु आवश्यक छ। सबैले नमस्ते गरेर अभिवादन गर्नु जरुरी भएको छ,’ उनले भनेका थिए। त्यस्तै अभिनेता सलमान खानले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो पोस्ट गर्दै लेखेका थिए, ‘नमस्कार। हाम्रो सभ्यता भनेको नमस्ते र सलाम हो। कोरोना भाइरस संक्रमणबाट बच्न नमस्ते गर्न सुरु गरौं।’

कलाकार अनुपम खेरले ट्वीटरमा भिडियो पोस्ट गर्दै नमस्ते गर्ने संस्कारलाई निरन्तरता दिन आग्रह गरेका थिए। ‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न नमस्ते गरेर अभिवादन गर्नु उत्तम हुन्छ। त्यसैले नमस्ते गरौं,’ उनले भनेका थिए।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App