१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सर्‍यो राष्ट्रिय ललितकला प्रदर्शनी

काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनीको मिति सारेको छ। बुधबार बसेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको बैठकले पूर्वघोषित मितिमा राष्ट्रिय ललितकला प्रदर्शनी नगर्ने निर्णय गरेको थियो।

आगामी वैशाख १४ देखि २८ सम्म प्रदर्शनी हुने भएको छ। यसअघि आगामी वैशाख २ मा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना हुने भनिएको राष्ट्रिय ललितकला प्रदर्शनी तोकिएको मितिमा नहुने भएको जानकारी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सुष्मा राजभण्डारीले गराइन्। ‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि पूर्वघोषित मितिमा राष्ट्रिय ललितकला प्रदर्शनी नहुने भएको छ। आगामी वैशाख १४ देखि २८ सम्म प्रदर्शनीको आयोजना गर्ने निर्णय गरेका छौं,’ उनले भनिन्, ‘कोरोना भाइरस संक्रमणको त्रासले प्रदर्शनीमा असर परेको छ।’

प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, प्रतिस्थापन कला, फोटोग्राफी र वास्तुकला लगायतहरू राखिनेछन्। त्यसबाहेक प्रदर्शनीमा विभिन्न विषयमा अन्तक्र्रिया, कला प्रस्तुति र पुस्तक प्रदर्शनी समेत समावेश हुनेछन्। यो प्रदर्शनीको १० औं संस्करण हो।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App