१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी र टर्किस राष्ट्रपतिबीच सिरिया द्वन्द्वबारे वार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका समकक्षी रिसेप तैयव एर्डोगानबीच सिरिया द्वन्द्वबारे वार्ता हुने बताइएको छ। उनीहरूबीच सिरियाको इद्लिब प्रान्तमा बढ्दो द्वन्द्वका विषयमा बिहीबार मस्कोमा वार्ता हुने जनाइएको छ। उक्त प्रान्तमा जारी हिंसाका कारण त्यहाँको अवस्था प्रतिदिन नाजुक छ।

सोही कारण वार्ताको आवश्यकता परेको रुसी राष्ट्रपति पुटिनले जानकारी दिएका छन्। पछिल्लो समय आप्रवासीहरूबीच द्वन्द्वका कारण सिरियाको अवस्था बिग्रिएपछि दुई राष्ट्रप्रमुखबीच भेटवार्ता हुन लागेको हो। मस्कोका लागि प्रस्थान गर्नुअघि टर्किस राष्ट्रपति एर्डोगानले सिरियाको इद्लिब र अरु क्षेत्रको पनि अवस्था बिग्रिँदै गएको र आगामी बिहीबार यसै विषयमा वार्ता हुन लागेको बताए। वार्तामा विशेषगरी इद्लिबको युद्धविराम तथा सिरियामा शान्ति स्थापनाका विषयमा आवश्यक कुराकानी हुने रुसले जनाएको छ।

केही हप्तायता सिरियामा टर्कीका दर्जनौँ सेना मारिएका छन्। मारिएका ती सैनिकको विषयमा रुसी राष्ट्रपति पुटिनले टर्कीलाई समवेदना सन्देश पठाएका थिए। सिरियामा टर्कीका सेना मारिएपछि टर्कीले पनि पहिलो पटक सिरियाली राष्ट्रपति बसर अल असदका विरुद्धमा आक्रामक कारबाही नै अघि सारेको छ।

यस अवधिमा सिरियाली सैनिकले पनि ठूलो मात्रामा क्षति व्यहोर्नुपरेको टर्कीले जानकारी दिएको छ। सिरियाको इद्लिबमा समयसमयमा युद्धविराम भएको भनिएको भए पनि हिंसा भने कम भएको छैन। लामो समयदेखि जारी रहेको सिरियाको हिंसाको अन्त्यका विभिन्न प्रयासहरू सफल हुन सकेका छैनन्। ती प्रयासहरू कहिले संयुक्त राष्ट्रसंघ त कहिले अमेरिकाले पनि अघि सारेको थियो।

सिरियामा सन् २०११ बाट राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो। सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। गृहयुद्धमा अल कायदा इस्लामिक स्टेट (आइएस)जस्ता आतंककारी समूह हाबी हुँदै गए। गृहयुद्धमा हालसम्म तीन हजार ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। गृहयुद्धमा लाखौं घाइते भएका छन् भने लाखौैं देशभित्र र बाहिर शरणार्थी जीवनयापन गर्न बाध्य छन्।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App