१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग पनि बन्द रंगशालामा

मड्रिड – स्पेनमा कोरोना भाइरसका कारण आगामी दुई साता शीर्ष दुई डिभिजन बन्द रंगशालामा खेलाइने भएको छ।

मंगलबारबाटै यो नियम लागू गरिने स्पेनिस ला लिगाले जनाएको छ। स्पेनको खेलकुद परिषद् र स्वास्थ्य मन्त्रालयको निर्देशन भन्दै ला लिगाले यस्तो नियम लगाएको हो। त्यस्तै क्याम्प नोउमा मार्च १८ मा हुने बार्सिलोना र नेपालीबीचकोे च्याम्पियन्स लिग खेल पनि बन्द रंगशालामा खेलाइने भएको छ। ‘स्वास्थ्यकै कारण यो नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याइनेछ,’ स्पेनका एक स्वास्थ्य अधिकारीले भने।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार हुने एट्लान्टा र भ्यालेन्सियाबीचको खेल पनि बन्द रंगशालामा खेलाइनेछ। त्यस्तै युरोपा लिगअन्तर्गत सेभिया र एएस रोमा तथा इन्टर मिलान र गेटाफेबीचको खेल पनि बन्द रंगशालामा खेलाइनेछ। अस्ट्रियामा बिहिबार हुने म्यानचेस्टर युनाइटेड र एलएएसके लिन्जबीचको अन्तिम १६ पहिलो लेगमा पनि यही नियम लागू हुने अनुमान गरिएको छ। मंगलबारै बुन्डेसलिगा र लिग वानले पनि अर्का सूचना जारी नभएसम्मका लागि फुटबलका सम्पूर्ण खेल बन्द रंगशालामा गर्न निर्देशन दिएको छ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App