१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१८ बर्ष पछि प्रहरी चौकी पुननिर्माण

बारा- माओवादी सशस्त्र द्वन्द्धकालमा भत्केका जिल्लाका तीनवटा प्रहरी चौकीहरु १८ बर्ष पछि पुननिर्माण भएका छन्।  

नेपाल प्रहरीका एआईजी विश्वराज शाहीले द्वन्द्धकालमा भत्केका ईलाका प्रहरी कार्यालय जीतपुर, कवहीगोठ र मटिअर्वाका नव निर्मित भवनहरुको उद्‍घाटन गरे।  

  शान्ति तथा पुननिर्माण मन्त्रालयको शान्ति कोषबाट प्रहरी चौकी मटिअर्वाको भवन एक करोड तीन लाख ३३ हजार, इलाका प्रहरी कार्यालय कवहीगोठको भवन १ करोड ३४ लाख र गढीमाई नगरपालिका ७ जीतपुरको  एक करोड १६ लाख ९० हजारको लागतमा भवन  निर्माण सम्पन्न भएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले बताए। भवनको अभावमा प्रहरीहरुले भाडाको घरमा बस्न बाध्य थिए।

एआईजी शाहीले समाजमा रहेका वर्ग समुदायसँग प्रहरी संगठन हातेमालो गर्दै अघि बढ्ने बताए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा शाहीले यस क्षेत्रमा हुने संस्थागत अपराध तस्करी न्युनिकरणमा प्रहरी कटिवद्ध भएर लागेको बताए। पछिल्लो समय अपराध र तस्करीका घटनामा ब्यापक कमि आएको उनले दावी गरे।  

प्रकाशित: २२ पुस २०७३ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App