१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विद्यार्थीबाट परीक्षा शूल्क उठाइएकोप्रति क्रान्तिकारीको आपत्ति

दैलेख – दैलेखमा विद्यार्थीबाट परीक्षा शुल्कको नाममा चर्को रकम असुल्ने गरेको भन्दै विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ।  क्रान्तिकारीका जिल्ला अध्यक्ष उदय बिक ‘सुदर्शन’ ले जारी गरेको विज्ञप्तिमा गरिव विपन्न बालबालिका पढ्ने सामुदायिक विद्यालयहरुले विद्यार्थी संख्याका आधारमा सरकारबाट अनुदान पाइरहेको अवस्थामा पनि चर्को शुल्क उठाइएको भन्दै आपत्ति जनाइएको छ।

स्थानीय सरकारको आइसकेपछि पनि विद्यालयको शैक्षिक गुणस्तर उठाउन चासो नदिएको, विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्ने राजनीतिक नेताहरु भ्रष्टाचार संलग्न भएका लगायतका समस्याबारे क्रान्तिकारी यूनियनले चासो देखाएको छ। लिइसकेको परीक्षा शुल्क फिर्ता गर्नुपर्ने, आर्थिक अनियमिता रोकिनुपर्ने माग गर्दै त्यस्ता अनियमितताविरुद्ध हस्तक्षेप लगायतको कार्य गरिने क्रान्तिकारीले विज्ञप्त चेतावनी दिएको छ।

केही ठाउँमा परीक्षा शुल्क उठाइएको गुनासो आएकोले परीक्षा शुल्क नलिन सार्वजनिक सूचना टासँ गरिएको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले जानकारी दिए। आधारभूत तहसम्मको शिक्षा निःशुल्क हुने भनी नेपालको संविधानमै उल्लेख भएकोले कक्षा ८ सम्म विद्यार्थीबाट कुनै पनि शुल्क लिन पाइदैन।

प्रकाशित: २६ फाल्गुन २०७६ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App