१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लाकाजेट पहिलो रोजाइमा फर्किन कठिन

वेस्टह्यामविरुद्ध सट प्रहार गर्दे आर्सनलका एलेक्सजान्डर लाकाजेट (बीच)। तस्बिर एएफपी

लन्डन –वेस्टह्यामविरुद्ध निर्णायक गोल गर्दै एलेक्सजान्डर लाकाजेटले आर्सनललाई जित दिलाए पनि प्रशिक्षक मिकेल अर्टेटाले अझै उनले पहिलो रोजाइमा स्थान पाउनेमा ढुक्क हुने अवस्था नरहेको बताएका छन्।

शनिबार बेन्चबाट मैदान आएका फ्रेन्च स्ट्राइकर गोल गर्दै वेस्टह्यामविरुद्ध १–० को जित दिलाए पनि प्रशिक्षक अर्टेटाले उनको स्थान फर्किसक्ने अवस्था नभएको बताएका हुन्। इमिरेट्स स्टेडियममा घरेलु क्लब आर्सनलले लन्डन डर्बीविरुद्ध निकै संघर्षपूर्ण प्रदर्शन गरेको थियो। तर, दोस्रो रोजाइमा मैदान प्रवेश गरेका लाकाजेटले आर्सनललाई सफलता दिलाए। खेल सकिन १२ मिनेट बाँकी छँदा मसुट ओजिलको हेड पासमा लाकाजेटले गोल गरेका थिए। यद्यपि, सुरुआतमा त्यो गोललाई अफसाइड दिए पनि लामो समयको भार परीक्षणबाट लाकाजेटको गोलले मान्यता पायो। त्यससँगै लाकाजेटलाई ठूलो राहत मिलेको थियो। गत डिसेम्बरमा अर्टेटाले आर्सनलको जिम्मेवारी पाएसँगै अधिकांश समय लाकाजेट दोस्रो रोजाइमा पर्दै आइरहेका छन्। ‘मेरो काम प्रशिक्षकले दिएको जिम्मेवारी पूरा गर्नु हो। पछिल्ला समय टोलीमा स्थान बनाउन संघर्ष गरिरहेको छु। त्यसैले गोल गर्न सफल हुँदा निकै खुसी छु,’लाकाजेटले भने।

लाकाजेटले पछिल्ला चार खेलमा तीन गोल गरिसकेका छन्। तर पनि उनीप्रति प्रशिक्षकले पूर्ण भरोसा गरेका छैनन्। ‘अब मैले आगामी खेलमा पनि राम्रो प्रदर्शन गर्न सक्नुपर्छ। सबैले आफ्नो उत्कृष्ट प्रदर्शन दिइरहेका छन्। त्यस्तो अवस्थामा मैले पनि राम्रो प्रदर्शन गर्नैपर्छ,’लाकाजेटले उल्लेख गरे। अर्टेटाले युवा स्ट्राइकर इडिई एनकेटिया लयमा रहेको उल्लेख गर्दै अझै पनि लाकाजेट पहिलो रोजाइमा पर्न नसक्ने संकेत गरेका छन्। ‘हामीसँग दुई राम्रा स्ट्राइकर (एनकेटिया र लाकाजेट) छन्। दुवैले राम्रो अवसर सिर्जना गर्दै गोल पनि गरिरहेका छन्,’अर्टेटाले भने,‘ तर आज मेरो रोजाइमा एनकेटिया परे। उनले योजनाअनुरूप नै खेले। तर मलाई थाहाँ थियो, लाकाजेट गोल गर्न तयार थिए। त्यसैले उनलाई मैदान पठाएँ र उनी सफल पनि भए। उनले मेरो निर्देशनलाई राम्रोसँग प्रयोग गरे।’ आर्सनलको पछिल्ला प्रदर्शनले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना न्युन देखिएको छ।

दोस्रो रोजाइका रूपमा मैदान प्रवेश गरेका लाकाजेटले आर्सनललाई सफलता दिलाए। खेल सकिन १२ मिनेट बाँकी छँदा मसुट ओजिलको हेड पासमा लाकाजेटले गोल गरे। यससँगै लाकाजेटले पछिल्ला चार खेलमा तीन गोल गरिसकेका छन्। तर पनि उनीप्रति प्रशिक्षक मिकेल अर्टेटाले पूर्ण भरोसा गरेका छैनन्।

आर्सनलले आगामी बुधबार पछिल्ला आठमा खेलमा अपराजित म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ। सिटीविरुद्ध आर्सनलले आफ्नो प्रदर्शनमा निकै सुधार गर्नुपर्नेछ। पछिल्ला सात खेलमा पाँच खेल गुमाएको वेस्टह्याम रेलिगेसनबाट बच्न संघर्षरत छ। ‘आज हामी हारका लायक थिएनौं। हामीले निकै राम्रो खेलेका थियौं। उत्कृष्ट अवसर सदुपयोग गर्न नसक्दा हार सामना गर्न बाध्य भयौं,’वेस्टह्यामका प्रशिक्षक डेविड मोयजले भने। पछिल्ला चार खेलमा पराजित टोटेनह्यामले बर्नलीसँग १–१ गोलको बराबरी निकाल्न सफल भयो। पछि परेको स्थितिमा जोसे माउरिन्होको टोली टोटेनह्यामले बर्नलीविरुद्ध हारको संकट टारेको थियो। जेए रोड्रिग्वेजको प्रहार टोटेनह्याम गोलकिपर सहज रूपमा क्लियर गर्न नसक्दा क्रिस वुडले नजिकैबाट गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा निकै संघर्ष गरेको टोटेनह्यामले दोस्रो हाफमा जिओभानी लो सेल्सो र लुकास मौरा मैदान आएपछि सुधारिको प्रदर्शन गर्‍यो।

डेल अलीको पेनाल्टी गोलबाट टोटेनह्याम खेलमा फर्किन सफल भयो। इरिक लामेलालाई बेन मिले लडाएपछि पाएको पेनाल्टी अवसर सदुपयोग गर्दै अलिले टोटेनह्यामलाई खेलमा फर्काए। वुल्भ्सले लिगतालिकाको चौथो स्थानमा पुग्ने अवसर गुमाउँदा ब्राइटनसँग गोलरहित बराबरीमा खेलेको थियो। अन्य खेलमा क्रिस्टल प्यालेसले वाटफोर्डलाई, सेफिल्डले नर्विच सिटीलाई र न्युक्यासलले साउथह्याम्पटनलाई समान १–० गोलअन्तरले हरायो।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App