१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हराउँदै होलीका गीत, सुनसान बन्दै टोल

होलीको गीत गाउँंदै स्थानीय दाफाभजन (गीत गाउने) टोली ।

भक्तपुर- कुनै बेला एक हप्तासम्म मनाउने होलीको सुरुवातसँंगै होली गीतले गुन्जायमान हुने भक्तपुर यतिखेर भने सुनसान छ। होलीमा सहरभरि गुन्जायमान हुने गीतहरु हिजोआज कहीकतै सुनिंदैन।

होली या होली तंचाया ला ल्यासे, अविर भती नं तय मज्युला? (होलीका दिनहरुमा अलिकति अविर लगाइदिएको पनि रिसायौ के तिमी?) लगायतका झण्डै दुई दशक भन्दा अगाडि नै चलेको नेपाल भाषाको चलचित्र ‘सिलु’ लगायतका होलीका गीतले नभए यतिखेर भक्तपुर गुन्जायमान बनेको हुन्थ्यो। भक्तपुर नगरका टोलटोलमा रहेका पाटीपौवा, सतल, चोक, बहाबही, दवलीमा साझँ दाफाभजन (होलीका गीत गाउने) क्रम सुरु भएका हुन्थ्यो। विशेष गरी तचपाललगायत ठाँउठाँउमा रहेको भीमसेन देवता कहाँ यस्ता गीत गाउने देखिन्थे।

प्रविधिको जमानासँंगै युवायूवतीहरु मात्रै नभई बुढाबुढीहरुसमेत इमेल, इन्टरनेट जस्ता सामाजिक सञ्जाल फेसबुकलगायतका प्रविधिमा रमाएपछि पुराना यस्तो चलनप्रति रुचि घट्दै गएको देखिन्छ। यही कारण पहिला जस्तो होलीको गीतमा रमाउने जमाना पनि गएको बताइन्छ।

स्थानीय अस्मिता श्रेष्ठ यो वर्ष कोरोना भाइरस (कोभिड-१९) का कारण होली नै मनाउन नहुने गरी खल्लो भएको र  पछिल्ला वर्षहरुमा पनि होलीको गीतमा रमाउने परम्परा छोडिएको अनुभव सुनाउँंछिन्। ‘अब यो इतिहास हुनेमा दुविधा रहेन, उनको ठम्याई छ, ‘दुनियाँं कहाँंबाट कहाँं पुगिसक्यो भन्दै बुढाबुढीको रुचि पनि अन्तैतिर मोडिएको छ।’

हिजोआज होलीको परम्परा पनि मोडिएको छ। ‘पहिला होली आयो कि केटीहरु डराउँंथे, भाग्थे, एकजना होलीप्रेमी सुमन सुलूले भने, अहिले केटीहरु नै अगाडि अगाएर होली खेल्न आउँंछन्। समूहमा आउने केटीहरुको टोलीसँंग त डराउनु पो पर्ने भइयो।’

हिरण्यकश्यपुले आफ्ना विष्णुभतm छोरा प्रल्हादलाई बहिनी होलिकासँगैं आगोमा राखी दाह गर्ने प्रयास गरेको, तर प्रल्हाद नभई अग्निले नछुने होलिका नै दाह भएको घटनामा आधारित रहि होली भएको जनविश्वास छ। भक्तपुरको होली भने भक्तपुरको दतात्रय तचपाल टोलको भीमसेन मन्दिरबाट होली सुुरु हुने परम्परा छ।

यस दिन बिहानपख तचपाल टोलको उक्त मन्दिर वरपर दुईजना व्यतिmले डोरीले बाँधेको अवस्थामा तीन हात जति लामो र करिव ३० इन्च जति मोटो एउटा काठको लिंग बोकी प्रत्येक घर पसल अगाडि तेस्र्याएर मन्दिरमा झुण्डाएसँंगै यहाँं औपचारिक रुपमा होली सुरु हुने परम्परा छ। काठमाडौं उपत्यकामा होलीको मुख्य दिन सोमबार हो।
 

 

प्रकाशित: २५ फाल्गुन २०७६ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App