१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हार्वी वाइन्स्टिन जेल चलान

न्युयोर्क – हलिउड फिल्मका निर्माता हार्वी वाइन्स्टिन मुटुको शल्यक्रियापछि जेल चलान गरिएका छन्। न्युयोर्कस्थत एक अदालतले ६७ वर्षीय वाइन्स्टिनलाई थर्ड डिग्री बलात्कार र फस्र्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेलगत्तै अस्पताल भर्ना भएका थिए।

मुटुको शल्यक्रियापश्चात उनलाई जेलमा सारिएको छ। दोषी ठहर भएलगत्तै छाती अत्याधिक दुखाइको कारण उपचारको लागि अस्पताल लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार मुटुको शल्यक्रिया गरिएपछि जेल चलान गरिएको हो।

अदातलका अनुसार बलात्कारको थर्ड डिग्री आरोप भन्नाले सहमति जनाउन नसक्ने अवस्थामा रहेका वा १७ वर्ष भन्दा कम उमेरका वा सहमति दिन नसक्नुका साथै कुनै कारणवश त्यस्तो नगरेकासँग शारीरिक सम्बन्धमा संलग्न रहेको भन्ने बुझिन्छ। यसअघि उनीविरुद्धको सो फैसलालाई संसारभर चलेको ‘मिटु’ अभियानको सफलताका रूपमा लिइएको थियो।

सन् २०१३ मा लस एन्जल्समा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ। पाँच जना महिला र सात पुरुष रहेको इजलासले सुनुवाइको पाँचौं दिनमा उनीविरुद्ध फैसला सुनाएको थियो। अभिनेत्री एन्जेलिना जोली, ल्यासेट एन्थोनी, केट बेकिस्, कारा डेलविंग्रे, एमा थाम्पसन र जेन फोंडासहित ८० भन्दा बढीले उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाएका थिए। सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटपिट गरेको र अभिनेत्री बन्न चाहने एक कलाकारलाई सन् २०१३ मा बलात्कार गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको थियो। अदालतले तत्काल उनलाई जेल चलान गर्न आदेश सुनाएको थियो।

सन् २०१८ मा बलात्कार र यौन दुव्र्यवहारका आरोपहरू लागेपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। संसारभर चलेको ‘मिटु’ अभियानअन्तगर्त उनीविरुद्ध कैयौं यौन दुव्र्यवहारको आरोपहरू लागेका थिए। उनले सहमतिमा मात्र शारीरिक सम्बन्ध राखेको बताउँदै आएका थिए। सो आरोपलगत्तै अस्कर अवार्डको आयोजक द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सले उनलाई बोर्डको सदस्यबाट बर्खास्त गरेको थियो।

मिटु अभियानअन्तर्गत शक्तिशाली पुरुषले गरेको यौन दुराचारविरुद्ध एकजुट भएर पीडितहरूले तीन वर्षअघि निर्माता वाइन्स्टिनविरुद्ध बलात्कार र दुव्र्यवहारको मुद्दा दर्ता गराएका थिए। हलिउडका प्रभावशाली निर्माता वाइन्स्टिनले शक्तिको दुरुपयोग गर्दै धेरै महिलाहरूलाई यौन हिंसा र बलात्कार गरेको समाचार सन् २०१७ मा न्युयोर्क टाइम्स र द न्युयोकरले प्रकाशन गरेको थियो।

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App