१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा परि एकको मृत्यु

रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

तिलोत्तमा नगरपालिका-३ शान्ति चौकमा ना १ क ९०३२ नम्बरको ट्रकले लु ५५प ६०५५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि बुटवल उपमहानगरपालिका-११ देविनगर निवासी वर्ष ३५ का स्कुटर चालक गोविन्दबहादुर क्षेत्रीको मृत्यु भएको प्रदेश न. ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।  
स्कुटर पछाडि सवार चितव भरतपुर उपमहानगरपालिका ५ शिवघाट बस्ने वर्ष ३२ का अर्जुन क्षेत्री घाइते भएका छन्। क्षेत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २४ फाल्गुन २०७६ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App