१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालयमा जातीय पोशाक अनिवार्य

ओखलढुंगा– ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ पात्लेमा रहेको जनता आधारभूत विद्यालयमा करिब एक सय विद्यार्थीहरु अध्ययनरत छन्। उनीहरु अधिकांश शेर्पा समुदायका बालबालिका हुन्।

कक्षा आठसम्म पठनपाठन हुने उक्त विद्यालयमा पढ्ने शेर्पा समुदायका विद्यार्थी र शिक्षकहरुले हप्तामा दुई दिन शेर्पा समुदायको जातीय पोशाक लगाउनु पर्छ। हप्तामा मंगलबार र बुधबार शेर्पाहरुको जातीय पोशाकलाई विद्यालय पोशाकको रुपमा विद्यार्थी र शिक्षकले अनिवार्य लगाउन विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर लागू गरेको छ।

त्यसैले शेर्पा पोशाकलाई यस विद्यालयका शिक्षक र विद्यार्थी सबैले लगाउन सुरु गरेका हुन्। आफ्नो जातीय भेषभूषाको संरक्षण विद्यालयस्तरबाटै गर्न शेर्पा पोशाकलाई विद्यायमा लागू गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए। आधुनिकतासँगै आफ्नो पहिचान हराउदै गएकाले गाउँकै विद्यालयबाट संस्कृती संरक्षणको सुरुवात गरिएको उनको भनाई छ।

अध्यक्ष शेर्पा आफैले ३ लाख ५० हजार रुपैयाँ खर्च गरेर विद्यायका विद्यार्थी र नौजना शिक्षकहरुलाई शेर्पा पोशाकको व्यवस्था गरेका हुन्। यस विद्यायमा अध्ययनरत बालबालिकाहरुले आइतबार र सोमबार नेपाल सरकारले तोकेको पोशाक, मङ्गलबार र बुधबार शेर्पा पोशाक र बिहीबार र शुक्रबार खेलकुद पोशाक लगाउछन्। जातीय पोशाकलाई विद्यालय पोशाकको रुपमा प्रयोग गर्ने जिल्लामै यो पहिलो विद्यालय हो।

 

प्रकाशित: २४ फाल्गुन २०७६ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App