१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भ्रष्टाचार कारबाहीमा ७६ सरकारी अधिकारी कारवाहीमा

बेइजिङ-सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा चार लाख जनाभन्दा बढी रहेका सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन विभागले जानकारी गराएको छ । 

भ्रष्टाचारजन्य क्रियाकलाप र पार्टी अनुशासन उल्लंघन कसुरमा कारवाही गरिएको बताइएको छ।

उक्त विभागको वाचडगले बिहीबार दिएको जानकारीअनुसार ४ लाख १५ हजार जनाभन्दा बढीलाई अनुशासनका कारबाही गरिएको छ । 

सन् २०१६ मा पार्टीको अनुशासन उल्लङ्घन गरेका ती व्यक्तिलाई अनुशासनको कारबाही गरिएको सो विभागले जानकारी दिएको छ । 

त्यसैगरी स्थानीयस्तरमा पार्टीको कामगर्ने र सरकारी ओहदामा समेत रहेकामा २ लाख ५६ हजार जना रहेका छन् । 

सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीले भ्रष्टाचारजन्य क्रियाकलापकहरूका साथै पार्टीले तोकेको अनुशासनको दायराको उल्लङ्घन गर्ने पार्टी सदस्य तथा कर्मचारीलाई कारबाही गर्दै आएको छ । रासस-सिन्ह्वा 

प्रकाशित: २२ पुस २०७३ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App