१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

संसदमा कोरोना बहस : भिडमा नजानु भन्ने, संसद बैठक चलाइराख्ने ?

फाइल तस्बिर

काठमाडौं-  सांसद प्रदिप यादवले संसद बैठक स्थगित गर्न माग गरेका छन्। विश्वभरी कोरोना भाइरसको सन्त्रास फैलिएका बेला बिना कुनै तयारी सञ्चालन हुने संसद बैठक स्थगित गर्न उनले माग गरे।

संसदको शून्य समयमा बोल्दै उनले सरकारले सभा सम्मेलन र बढी मान्छे सहभागि हुने कार्यक्रम नगर्न सूचना जारी गरेपनि २ सय ७५ जना सांसद एकै ठाउँमा सहभागि हुने बैठकमा कुनै हेल्थ डेस्क समेत नभएको भन्दै बैठक स्थगित गर्न माग गरे।

सांसद यादवले बैठक सञ्चालन नै गर्नुपर्ने अवस्थामा पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण समेत गराए। सांसद र मन्त्रीहरु सयौँको भिडभाड हुने कार्यक्रममा सहभागि भएर बिना कुनै चेकजाँच संसदभित्र प्रवेश गर्ने भएकाले यसले संक्रमणको रुप लिए के हन्छ?  भदै उनले प्रश्न समेत गरे। सरकारले भिडभाडमा नजानु, भोजभतेर नगर्नु भनेर आग्रह गरिरहेका बेला संसदभित्र प्रवेश गर्दा कुनै स्वास्थ्य डेस्क नै नभएकोले तत्काल संसद बन्द गर्न उनको माग थियो। उनले भने, 'कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ। स्वदेश विदेशका चिकित्सकहरले यसको उपचार छैन् सावधानी नै यसको उपचार हो भनिरहेका छन्। सरकार पनि भन्छ भिडभाडमा नजानु, भोजभतेर नगर्नु भन्छ। तर सांसदहरुले कति सावधानी अपनाएका छौँ। २ सय ७५ सांसद एकै ठाउँमा जम्मा हुन्छौँ। तर स्वास्थ्य मन्त्रालय र सरकारले संसदभित्र प्रवेश गर्दा कुनै किसिमको स्वास्थ्य डेस्क छैन्। सासदहरु भिडभाडको कार्यक्रममा जान्छौँ। मन्त्रिहरु झन सयौँ सेवाग्राहीसँग भेट्छन्।  मानौ कुनै मन्त्रीलाई संक्रमण भयो भने संसदको हाल के होला। के त पूर्व तयारी गरेर संसद चलाऔँ। नत्र त अविलम्ब बन्द गरौँ।’’

प्रकाशित: २३ फाल्गुन २०७६ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App