२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रोकिएको बस आफैं गुडेर खोलामा खस्याे

खोटाङ - उदयपुरको गाईघाटबाट खोटाङको सदरमुकाम दिक्तेल आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ। शुक्रबार बिहान हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा १ नम्बर प्रदेश ००२ ख ००२७ नम्बरकाे बस बस दुर्घटना भएको हो। गाईघाटबाट यात्रु लिएर हिडेको दिप्रुङ चुईचुम्मा गाउँपालिकास्थित भण्डारेघाटमा बास बसेको जनाइएको छ।

 खचाखच यात्रु लिएर आज बिहान भण्डारेघाटबाट राजापानी आइपुगेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आमोद कुमार खेरवारले जानकारी दिए।

यात्रु सबै पिसाब गर्नका लागि झरेको समयमा बस दुर्घटनामा परेको खेरवारले जानकारी दिए। ओट नलगाई बस रोकिएको र बस आफै गुडेर २ सय मीटरभन्दा तल साप्सुखोलामा झरेको उनको भनाई छ।

भण्डारेघाटको प्रहरी टोली घटनास्थलतर्फ भर्खरै गएको र पुगिनसकेको कारण घटनाको अन्य जानकारी आईनसकेको प्रहरीले बताएको छ। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीको दाबी छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App