१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गोधुली कपको तयारी पूरा

धरान–चर्चित बुढासुब्बा गोल्डकपभन्दा पनि जेठो प्रतियोगिता अन्तर वडास्तरीय १७ आंै रेडबुल गोधुली फुटबल रनिङ कपको तयारी पूरा भएको छ। आयोजक गोधुली क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै पुस २३ गतेदेखि माघ ८ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगितामा धरानका विभिन्न २० वटा वडाहरुले सहभागिता जनाउने क्लबले जनाएको छ । गएको संस्करणमा भने २२ वटा वडाले भाग लिएको थियो।

‘प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको छ, सहभागी वडाहरु निश्चित भइसक्यो। प्रचारप्रसारलाई तीब्रता दिइरहेका छौं’, क्लबका अध्यक्ष देशकुमार राईले भने ।
धरानको कुल २७ वटा वडामध्ये वडा नम्बर १, २, ४, ५, ९, २४ र २५ ले प्रतियोगितामा भाग लिएको छैन। प्रतियोगितामा धरानका सम्बन्धित वडा समितिहरुले टिम तयार गरेर भाग लिने गर्छ भने खेलाडी सोही वडाको वासिन्दा हुनुपर्ने नियम छ। प्रतियोगिताको पुरस्कार राशीमा पनि वृद्धि गरिएको आयोजकले जनाएको छ ।

गत सँस्करणमा ५० हजार रहेको प्रथम पुरस्कारलाई बढाएर ७५ हजार पुर्याइएको छ भने ३५ हजार रहेको उपविजेता(दोस्रो)को नगद राशीलाई ४० हजार पु¥याइएको उपाध्यक्ष सतिश केसीले बताए । गत बर्षको उपाधि वडा नम्बर १९ ले जितेको थियो भने उपविजेता वडा नम्बर ११ भएको थियो ।

प्रतियोगिताका उत्कृष्ट घोषित खेलाडीले नगद नगद १० हजारसहित ट्रफी पाउनेछन् भने उदयीमान खेलाडी, हाई स्कोरर र फेयर प्ले टिमले नगद ५ हजार पाउनेछन् । यस्तै, उत्कृष्ट गोलकिपरले ३ हजार पाउनेछन् भने फाइनल खेलको म्यान अफ दि म्याचलाई पनि नगद २ हजार ५ सय दिइने क्लबले जनाएको छ । प्रतियोगितामा कुल ५ लाख ७९ हजार एक सय खर्च हुने अनुमान गरिएको छ । गत सँस्करणमा क्लबले ३ लाख २५ हजार नाफा कमाएको थियो । गोधुली कप २०५० सालबाट शुरु भए पनि बीचमा केही बर्ष रोकिएको थियो ।

प्रकाशित: २१ पुस २०७३ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App