१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

कृषि मन्त्रीप्रति किसान आक्रोसित

नवलपरासी - नगदे बालीको उधारो कारोबारले निरंकार, विजय, ज्ञानचन्द्र जस्ता नवलपरासीका सयौं उखु किसान मर्कामा परेका छन्। सुरुमा चिनी बिक्री गरेर भुक्तानी दिने बाचा गरेका उद्योगीले चिनी, स्प्रिड,मोलासिस बिक्री गरेपछि भुक्तानी दिनुको साटो उद्योग नै बन्द गरिदिएपछि किसान आत्तिएका छन्। सरकराले पनि किसानका समस्या सम्बोधन गर्नुको साटो उद्योगीलाई नै संरक्षण गरिरहेको किसानको गुनासो छ।

गरिब किसानको बिचल्ली हुँदा तीन तहकै सरकारले  आँखा चिम्लेको सुनवलका उखु किसान ज्ञानचन्द्र यादव बताउँछन्। कृषि मन्त्री  घनश्याम भुसालले समेत उखु किसानको पक्षमा एक शब्द नबोलेको भन्दै उनले आक्रोस पोखे। ‘हामीले घनश्याम भुसालबाट धेरै आशा गरेका थियौं तर यी पनि मन्त्री पद पाएपछि टाउको लुकाउने खालकै रहेछन्,’ ज्ञानचन्द्रले भने। उखुकै लगानीबाट हुर्के, पढेका र मन्त्री भएका सामान्य प्रशासन मन्त्री हृदयस त्रिपाठीले पनि आफ्नै गृह जिल्लाका किसानका समस्याप्रति आँखा चिम्लिदिएको उनको गुनासो छ। ‘त्रिपाठी जीलाई उखुको नालीबेली सबै थाहा छ। तर उहाँले न कहिल्यै सदनमा हाम्रा समस्या उठाउनु भएन।

न त मन्त्री भएपछि जिल्लाका लागि केही गर्नुभयो,’ ज्ञानचन्द्रले भने। सरकारका मन्त्री, सभासद र स्थानीय तहका प्रमुख कसैले पनि किसानको पक्षमा काम नगरेको भन्दै उनले जिल्लाका उखु किसानले आफ्नो मत खेर गएको अनुभूति गरिरहेको दाबी पनि गरे।

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App