१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

उत्साहपूर्ण उपचार

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार भएको मिर्गौला प्रत्यारोपण सफल भएको जानकारी सम्बन्धित चिकित्सकले दिएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा करिब ४ घण्टा लगाएर गरिएको यो प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सुधारोन्मुख भएको पनि उनीहरूले बताएका छन्। वहालवाला प्रधानमन्त्री आफैं उपचारका निम्ति अस्पताल भर्ना भएको र जटिल शल्यक्रिया सम्पन्न भएको घटना आफैंमा दुर्लभ किसिमको हुन्छ। यसअर्थमा पनि नेपालका निम्ति यो एउटा अनौठो अनुभव हुन पुगेको छ। यसले नेपालको स्वास्थ्य क्षेत्र सुधारका निम्ति समेत कोशेढुंगाको काम गर्न सक्छ। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको यो दोस्रो मिर्गौला प्रत्यारोपण हो। ६९ वर्ष उमेरमा सफल मिर्गौला प्रत्यारोपण भएपछि ओलीका आफन्त त खुसी हुने नै भए, यतिखेर उनका सम्पूर्ण शुभेच्छुक पनि हर्षित छन्। खासगरी आम नागरिकमा ‘केही गर्ने क्षमता’का ठानिएकै कारण ओलीको दीर्घ जीवनमात्र हैन, प्रधानमन्त्रीकै रूपमा उनलाई केही वर्ष हेर्न चाहनेहरू यसबाट थप मुखर भएको छ।

स्वदेशी भन्दासाथ नाक खुम्च्याउने, पराइ भूमिलाई उच्च ठान्ने तर आफ्नो मातृ भूमिप्रति हेलाँ गर्ने क्रम पछिल्लो समय नेपाली परिप्रेक्ष्यमा हुर्कँदो छ। स्वास्थ्योपचार क्षेत्र पनि यसबाट अछूतो थिएन। तर बुधबार यो भ्रमलाई चिर्दै जसरी नेपाली स्वास्थ्यकर्मीको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल र सहजतवरले सम्पन्न गरे त्यसका लागि जति धन्यवाद पनि कम हुन्छ।

२०६४ सालमा उनले भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए। त्यसपछि पनि उनी कहिले भारत र कहिले सिंगापुरमा उपचारका लागि गएका हुन्। यसपटक भने उनले मुलुकभित्रकै स्वास्थ्य सेवामा भर गर्दै शिक्षण अस्पतालमा उपचारका निम्ति भर्ना हुँदा सकारात्मक सन्देश गएको छ। यसले देशभित्रकै स्वास्थ्य संस्थाप्रति भरोसा मात्र बढेको छैन, थप सेवासुविधा विस्तारका निम्ति समेत यसले प्रेरणा दिनेछ। आम मानिसलाई समेत देशभित्रकै स्वास्थ्य संस्थाप्रति भरोसा बढाउन समेत यसले मद्दत गर्नेछ। यसपटक प्रधानमन्त्री ओलीले निकै परिपक्व व्यवहार प्रदर्शन गरे। उनले आफ्नै देशका स्वास्थ्यकर्मीद्वारा आफ्नै मातृभूमिमा मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गर्नु सही हो। यसै पनि नेपाली समाज गुणग्राही छ। कोही विरामी पर्दा होस् वा अप्ठ्यारो स्थितिमा पर्दा सकारात्मक भाव राख्ने गरेको देखिन्छ। ओलीको उपचारका क्रममा उनका राजनीतिक विरोधीले समेत सुस्वास्थ्यको कामना गरेका छन्। यसपटकको सफल मिर्गौला प्रत्यारोपणले केही सन्देश पनि दिएको छ। पहिलो,  नेपालका चिकित्सक अंग प्रत्यारोपणका हिसावले विकसित मुलुकका सम्पन्न अस्पतालका चिकित्सकभन्दा कम छैनन् भन्ने प्रमाणित भएको छ। दोस्रो कुरा, सानोतिनो उपचारका लागि पनि विदेश जानुपर्छ भन्ने सोचमा गतिरोध ल्याउन मद्दत पुग्नेछ। अनि तेस्रो र झनै महत्वपूर्ण सन्देश भने उपल्लो पदमा हुने व्यक्तिले उपचारका लागि विदेशै गइहाल्नु पर्छ भन्ने प्रवृत्तिमा समेत प्रश्न उठाएको छ।

स्वदेशी भन्दासाथ नाक खुम्च्याउने, पराइ भूमिलाई उच्च ठान्ने तर आफ्नो मातृ भूमिप्रति हेलाँ गर्ने क्रम पछिल्लो समय नेपाली परिप्रेक्ष्यमा हुर्कँदो छ। स्वास्थ्योपचार क्षेत्र पनि यसबाट अछूतो थिएन। तर बुधबार यो भ्रमलाई चिर्दै जसरी नेपाली स्वास्थ्यकर्मीको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल र सहजतवरले सम्पन्न गरे त्यसका लागि जति धन्यवाद पनि कम हुन्छ। गर्वलायक यस कार्यका लागि युरो सर्जन डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. अनन्तकुमारी ज्ञवाली, डा. दिव्यसिंह शाह, डा. महेशकुमार सिग्देल, डा. मुकुन्द काफ्ले, डा. अरुण सायमी, डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्यलगायत सबैप्रति साधुवाद छ। मुलुकमा स्वास्थ्य क्षेत्रमा जति बजेट खर्च हुन्छ, त्यसको आधा हिस्सा बाह्य सहयोगमा आधारित भएको बताइन्छ। यसैगरी यहाँ उपलब्ध दुईतिहाइ अस्पताल शैया निजी क्षेत्रमा छ। ९० प्रतिशत चिकित्सक यस्तै अस्पतालप्रति उत्तरदायी भएका तथ्यांक पनि भेटिन्छ। एकातर्फ जनसंख्याका आधारमा स्वास्थ्य जनशक्ति नै कम छ अर्कोतर्फ यही जनशक्तिमध्ये पनि एक चौथाइ अदक्ष छन्। यस्तो अवस्थामा नेपालका स्वास्थ्य क्षेत्र आफैँ बिरामी भएकामा शंकै छैन। तर पनि सरकारले स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा परिभाषित गरेर जनताको स्वास्थ्य सुरक्षाप्रति दायित्व स्वीकार गरेको छ। अनि सरकारी सेवामा हुन् वा निजी क्षेत्रमा, चिकित्सकहरूले गर्नुपर्ने जति नगरे पनि आफ्नो क्षमताअनुसार जनस्वास्थ्यका क्षेत्रमा प्रगति पनि गर्दै आएका छन्। प्रधानमन्त्रीको स्वदेशमै सफल अंग प्रत्यारोपण त्यसैको ज्वलन्त प्रमाण हो। राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई नै टिबंी लागेपछि उनले टोखा सेनिटोरियम, वैद्य खाना, सेन्टर चेस्ट क्लिनिक जस्ता स्वास्थ्य संस्था खोलेर परम्परागत उपचार शैलीलाई आधुनिक उपचार ढाँचामा परिणत गरेको नेपाली इतिहास छ। अहिले पनि स्वयं प्रधानमन्त्री भुक्तभोगी भएकाले मुलुकको बिरामी स्वास्थ्य क्षेत्रको उपचार पनि उनकै पहलमा हुन सक्ने आशा गर्न सकिन्छ। त्यसो भयो भने यस्ता चमत्कृति हरेक दिन नेपालमा पनि सम्भव हुने दिन पक्कै आउने छन्। प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना !

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App