१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बन्दुक र गोलीसहित एक जना पक्राउ

बर्दिया- दुई थान भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका–९ टपरी गाँउका ५७ वर्षिय दिपबहादुर खड्काले माछा पोखरीको किनारामा रहेको सानो झुपडी घरमा लुकाई छिपाई भरुवा बन्दुक र गोली प्रहरीले बरामद गरेको हो।

गोप्य सूचनाका आधारमा छापमार्दा खड्कासहित दुईवटा भरुवा बन्दुक बरामद गरेको एसपि राजेशनाथ बास्तोलाले बताए। ‘गोप्य सूचनाको आधारमा प्रहरी सीमा क्षेत्रमा परिचालित थियो,’उनले भने,‘जिल्लाको टोलीले लुकाई छिपाई लुकाएर राखेको अवस्थामा बन्दुक र गोली बरामद गर्न प्रहरी सफल भयो।’

उनका अनुसार बन्दुकमा लाग्ने गोली–१९,केप थान–१७,बारुदको डिब्बा थान–२ र फलामको बेरिङको डिब्बा थान–१ प्रहरीले बरामद गरेको छ। प्रहरीले खड्कालाई पक्राउ गरी हातहतियार तथा खरखजना मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको एसपि बास्तोलाले जानकारी दिए।
 

प्रकाशित: २२ फाल्गुन २०७६ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App