१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा नेकपाको वर्चस्व

काठमाडौं – राष्ट्रियसभामा नेकपाको वर्चस्व भएको छ। ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट र ३ जना मनोनितबाट आउँछन्। १९ जना सांसदको मंगलबार दुई वर्षे कार्यकाल सकिएपछि नयाँ सांसदको आगमन भएको छ। राष्ट्रियसभाको दुई बर्से कार्यकालमा नेकपाबाट ४२, नेपाली कांग्रेसबाट १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबाट दुई–दुईजना सदस्य थिए। तर मंगलबार दुई वर्ष अवधि रहेका सांसदको पद समाप्त र नव निर्वाचित सांसद संसद्मा प्रवेश गरेपछि भने कांग्रेसको संख्या र समाजवादी पार्टीको संख्या घटेको छ। नवनिर्वाचित सांसदमा नेकपाबाट ४७, कांग्रेसबाट ६ राजपाबाट २ समाजवादी पार्टीको १ सिट कायम भएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सांसद युवराज खतिवडाको पद समाप्त भएको छ।

निर्वाचित नयाँ सांसदमा नेकपाबाट इन्दिरादेवी गौतम, गोपाल भट्टराई, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेल्बासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, विमला घिमिरे, वेदुराम भुसाल, सारदादेवी भट्ट, र सुमित्रा विसी रहेका छन्। त्यसैगरी राजपाबाट शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन्।

बिदाइ भएका सांसदमा नेकपाका कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, युटोल तामाङ, राजकुमार कुँवर, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा र हरिचरन सिवाकोटी रहेका छन्। त्यस्तै कांग्रेसबाट दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले राना, सरिता प्रसाईं र सुरेन्द्रराज पाण्डे रहेका छन्। डा.युवराज खतिवडा मनोनित रहेका छन् भने राजपाका रमेशप्रसाद यादव र बृषेशचन्द्रलाल तथा समाजवादीका रामपृत पासवान बिदा हुने सांसदमा रहेका छन्।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App