१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘नो टाइम टु डाई’ को रिलिज सार्न आग्रह

लस एन्जल्स (एजेन्सी) – कोरोना भाइरसका संक्रमण बढेसँगै फ्यानहरूले ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको रिलिज मिति सार्न आग्रह गरेका छन्। कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएपछि फ्यानहरूले निर्माता बारबरा ब्रोकोलीलाई रिलिज मिति सार्न आग्रह गरेको हुन्।

‘जेम्स बोन्ड’ को २५ औं फिल्म ‘नो टाइम टु डाई’ आगामी अप्रिलको पहिलो साता रिलिज हुँदैछ। फ्यानहरूको समूहले निर्माता ब्रोकोलीलाई सम्बोधन गरेर लेखेको पत्रमा मानिसको स्वास्थ्यलाई महत्व दिन समेत आग्रह गरेका थिए। ‘प्रोडक्सनमा केही ढिला भइसकेको अवस्थामा फिल्मको रिलिज मिति सार्न सहज छैन। संसारभर फैलिएको कोरोना भाइरसलाई मध्यनगर गरेर दर्शकको स्वास्थ्यलाई महत्व हुन आवश्यक रहेको छ,’ पत्रमा लेखिएको छ। उनीहरूले फिल्मका वितरकलाई समेत रिलिज मिति सार्न आग्रह गरेका छन्। मार्चको अन्तिममा फिल्मको प्रिमियर लन्डनमा आयोजना हुँदैछ।

कोरोना भाइरसका कारण यसअघि चीनको बेइजिङमा आयोजना हुने भनिएको ‘नो टाइम टु डाई’ फिल्मको प्रिमियर रद्द गरिएको थियो। अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्स–अफिस बजार मानिने चीन कोरोना भाइरसका कारण प्रभावित भएको छ। सन् २०१५ मा रिलिज भएको जेम्स बोन्डको ‘स्पेक्टर’ फिल्मले चीनको बक्स–अफिसमा सर्वाधिक ८३ दशमलव ५१ मिलियन अमेरिकी डलर कमाई गरेको थियो।

कोरोना भाइरसको संक्रमण संसारभर फैलिरहेको अवस्थामा ‘नो टाइम टु डाई’ फिल्मले प्रवद्धन रोकेको छ। अभिनेता डेनियल क्रेगको ‘जेम्स बोन्ड’ संस्करणको यो पाँचौं र अन्तिम फिल्म हो। क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाई’ मा अभिनेता डेनियलबाहेक अना दे अर्मस र रामी मालेकलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App