१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

न्यायाधीश सुनुवाइ प्रक्रिया थाल्न पत्राचार

काठमाडौं- न्याय परिषद्ले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन संसद्मा सिफारिसपत्र पठाएको छ। न्यायाधीशमा नियुक्तिका लागि सिफारिस दुईजनाको वैयक्तिक विवरणसहितको पत्र संसद् सचिवालयमा दर्ता भएको हो।

अब संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइका लागि सिफारिस नाममा उजुरी आह्वान गर्नेछ। समितिले सामान्यतया उजुरीका लागि १० दिनको समय दिने गरेको छ। उजुरी दिने मिति सकिएपछि समितिले सुनुवाइ मिति तोक्नेछ।

प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा न्याय परिषद्को सोमबार बसेको बैठकले उच्च अदालतका वरिष्ठ न्यायाधीशमध्येबाट तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय लिएको थियो। प्रधानन्यायाधीश परिषद् अध्यक्ष हुने व्यवस्था छ। सर्वोच्चमा स्थायी न्यायाधीशको दुई दरबन्दी रिक्त छ। संविधानमा सर्वोच्च अदालतमा स्थायी न्यायाधीश २१ जना हुने व्यवस्था छ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस केसी उच्च अदालत विराटनगर र भण्डारी उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन्।

प्रकाशित: २१ पुस २०७३ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App