१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघ्यो

फ्रान्सको क्रेपी–एन–वालोइसस्थित ला फन्टेन कलेजको प्रवेशद्वारमा कोरोना भाइरसबाट मारिएका शिक्षकको सम्मानमा राखिएका फूल र चिठ्ठी। तस्बिर : एएफपी

बेइजिङ – चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघेको मंगलबार जनाइएको छ।

भाइरसको संक्रमणबाट मृतकको संख्या तीन हजार एक सय १६ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। गत डिसेम्बर अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको यस भाइरसको संक्रमण हाल ७६ भन्दा बढी देशमा फैलिएको छ। यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा संक्रमण भएको पुष्टि भएको छ।

अन्य मुलुकमा नयाँ संक्रमण दर चीनभन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्वभर हाल करिब ८८ हजार नौ सय ४८ जना कोरोना संक्रमित छन्। कोरोना भाइरसबाट चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानमा मृत्यु हुनेको संख्या अन्य मुलुकको तुलनामा बढी रहेको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App