१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोबाईलमा रातो नम्बर एप्सको खेल

 काठमाडौं– मोबाईलको स्क्रिनमा विशेष ध्वनी सहित रातो नम्बरबाट फोन आउने र आएको नम्बर उठाए दुर्घटना हुने हल्ला मात्रै भएको पुष्टि भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नम्बर र नम्बरको रंग परिवर्तन गर्न मिल्ने एप्सको प्रयोग गरि फोन गर्ने र दुर्घटना भएको अफवाह फैलाउने दुईजनालाई पक्रेपछि घटना मिथ्या भएको पुष्टि भएको हो।

 ब्युरोले एप्सको प्रयोगबाट रातो नम्बरमा कल गर्ने दीपक बराईली र सो खबर सामाजिक सञ्जालमा बढाई चढाई पोष्टगर्ने प्रश्ना पाण्डेलाई नियन्त्रणमा लिएको हो। गायिका प्रश्नाले आफुले गल्ती गरेको बताउदै माफी मागेकी छन्। ब्युरोका प्राविधीक अधिकारीले बुधबार संचारकर्मी माझ रातो नम्बर आउने एप्सबाट फोन गरि देखाएका थिए। ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले केही दिन देखी सामाजिक सञ्जालमा फैलिएको हल्ला र अफवाहको सत्यता बाहिर आएको बताए। उनले समाजमा आतंक फैलाउने गरि अफवाह गर्नु गम्भिर अपराध भएको बताउँदै प्रविधि जन्य अपराधमा संलग्न पाण्डे र बराईलीलाई आवश्यक कारवाही गरिने बताए।

प्रकाशित: २० पुस २०७३ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App