१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरस संक्रमण ६४ देशमा, करिब तीन हजारको मृत्यु

कोरोना भाइरसको केन्द्रविन्दु मानिने चीनको हुबेई प्रान्तको वुहानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन ‘प्रोटेक्टिभ सुट’ लगाएर साइकलमा यात्रा गर्दै स्थानीय। तस्बिर : एएफपी।

पेरिस – गत डिसेम्बरमा चीनको हुबेई प्रान्तमा देखिएको कोरोना भाइरसको संक्रमण आइतबार अपरान्ह्सम्म ६४ देशमा फैलिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणबाट आइतबारसम्म विश्वभर दुई हजार नौ सय ९० जनाको मृत्यु भएको छ भने कूल ८७ हजार पाँच सय ६५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६ सय ४६ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसको संक्रमण मुख्यभूमि चीनमा कूल ७९ हजार आठ सय २४ जनामा पुष्टि भएको छ। त्यहाँ कोरोनाको कारण कूल दुई हजार आठ सय २४ जनाको मृत्यु भएको छ।

चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय) सम्ममा पाँच सय ७३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ भने ३५ जनाको संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ।   चीनबाहिर कूल सात हजार सात सय ४१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने कूल एक सय २० जनाको मृत्यु भएको छ। यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्यांक निकै धेरै गुणा भाइरस संक्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीनबाहिर करिब एक हजार ७३ नयाँ बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन्। दक्षिण कोरियामा अहिलेसम्म तीन हजार सात सय ३६ जनामा संक्रमण भएको छ। त्यहाँ अघिल्लो दिनभन्दा पाँच सय ८६ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने कूल १८ जनाको मृत्यु भएको छ। इटालीमा कूल एक हजार एक सय २८ जनामा संक्रमण भएको र अघिल्लो दिनभन्दा थप संक्रमण नभएको र कूल २९ जनाको मृत्यु भएको बताइएको छ।

त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कूल ५४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या आइतबारसम्म थप तीन सय ८५ पुगेको र इरानमा कूल ९७८ व्यक्तिले संक्रमणपछि उपचार सेवा लिइरहेको बताइएको छ। जापानमा कूल २३९ व्यक्ति संक्रमित भई उपचार गरिरहेको बताइएको छ भने कूल ११ जनाको मृत्यु भएको छ। जापानमा २४ घण्टामा थप नौ जनामा संक्रमण पुष्टि भएको छ। जापानको अर्को छुट्टै स्थान जहाँ डायमन्ड प्रिन्सिेस नामक योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा सात सय जनामा संक्रमण भएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित: १९ फाल्गुन २०७६ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App